२०८३ बैशाख २५ गते
×

Now Playing

कर्णालीमा घटेन मानअधिकार उल्लघंन्  : ‘ महिलाअधिकार’ अवस्था उस्तै

पुनम वि.सी.
सुर्खेत, ८ फागुन ।

सन् २०२२ मा देशभर कुल चार हजार दुई सय २८ वटा महिला अधिकार हनन्का घटना घटे । यता कर्णालीमा भने कुल दुई सय ११ वटा घटना दर्ता भएका छन् । अघिल्लो वर्ष सन् २०२१ भन्दा केहि मात्रामा महिला अधिकार हनन्का घटना बढेपनि अन्य प्रदेशको तुलनामा कर्णालीमा भने न्यून संख्यामा घटना दर्ता भएका छन् ।

सन् २०२२ मा १ नं. प्रदेशमा चार सय ५७ वटा, मधेश प्रदेशमा दुई सय १० वटा, बागमती प्रदेशमा एक हजार चार सय २५ वटा र गण्डकी प्रदेशमा पाँच सय ४१ वटा महिला अधिकार हनन्का घटना दर्ता भएको अनौपचारिक सेवा केन्द्र (इन्सेक) को तथ्यांक छ ।

यसैगरी लुम्बिनी प्रदेशमा एक जाार ६ सय २३ वटा र सुदुरपश्चिम प्रदेशमा नौं सय ५६ वटा महिला अधिकार हनन्का घटना दर्ता भएका छन् ।
मानवअधिकार अवस्था वर्ष पुस्तक–२०२३ मा अन्य प्रदेशभन्दा कर्णालीमा महिला अधिकारको अवस्था उस्तै रहेपनि अघिल्लो वर्षको तुलनामा बढेको भने छ । सन् २०२१ मा कर्णालीमा दुई सय पाँच वटा महिला अधिकार हनन्का घटना घटेका थिए । २०२२ मा भने अघिल्लो वर्षको तुलनामा यो संख्या आठ वटा घटनाले बढी हो ।

२०२१ मा राज्य पक्षबाट एउटा घटना महिला अधिकार हनन्को थियो । २०२२ मा घटेका महिला अधिकार हनन्का घटनाहरु सबैमा राज्य पक्ष वाहेकको अन्य पक्ष दोषी देखिएको छ । इन्सेकले आईतबार वीरेन्द्रनगरमा कार्यक्रमको आयोजना गर्दै मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गरेको हो ।

मानवअधिकार वर्ष पुस्तकका समावेश भएका घटनाहरु कानुनी प्रक्रियामा आएका घटनाहरु रहेको इन्सेकको कर्णाली प्रदेश कार्यालयका कार्यक्रम अधिकृत नारायण सुवेदीले जानकारी दिए । कानुनी दायरामा नआएका तथा कर्त उजुर–बाजुर नभएका घटनाहरुका भने वर्ष पुस्तकमा समावेश भएका छैनन् ।

उस्तै राज्यपक्ष

कर्णालीमा मानवअधिकार विपरित घटेका घटनामा राज्यपक्षको अवस्था पनि उस्तै छ । दुई वर्षको तुलनात्मक अवस्थामा कर्णालीमा राज्यपक्षद्वारा समान घटनामा दोषी देखिएको छ । सन् २०२१ मा कर्णालीमा मानवअधिकारका ३४ वटा घटनामा राज्यपक्ष दोषी देखिएको थियो ।

यस वर्षमा कारागारमा दुई जनाको मृत्यु, सात जना गैरकानुनी गिरफ्तारीमा परेका थिए भने अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार हनन् गर्दै राज्यपक्षले ११ जनालाई पक्राउ गरेको थियो । यसैगरी हत्यामा एक जना, धम्कीमा दुई जना, कुटपिटमा आठ जना, महिला अधिकारमा एक जना र घाइतेमा दुई जना पीडित भएको इन्सेकको तथ्यांक छ ।

२०२२ मा भने ३३ घटनामा राज्यपक्ष दोषी देखिन्छ । यस वर्षमा राज्यपक्षले १५ जनालाई तथा संगठित हुने अधिकारको हनन् गर्दै पक्राउ गरिएको छ । यसैगरी कुटपिट घटनामा १५ जना, अमानविय व्यवहारमा एक जना, हिरासत वा थुनामा मृत्युमा एक जना, पीडित भएको इन्सेकको मानव अधिकार वर्ष पुस्तक–२०२३ मा उल्लेख छ ।

घट्दैनन् मानवअधिकार हनन्का  घटना

इन्सेकद्वारा सार्वजनिक मानवअधिकार वर्ष पुस्तकका अनुसार कर्णालीमा मानव अधिकार हनन्का घटनामा वृद्धि भएको देखिन्छ । सन् २०२१ मा कर्णालीमा तीन सय ९६ जना पीडित थिए भने २०२२ मा चार सय ६३ जना पीडित संस्था रहेका छन् ।

मानवअधिकार हनन् घटनाका पीडितमध्ये २०२२ मा तीन सय ३२ जना महिलाहरु छन् । महिलाअधिकार हनन् घटनामा मात्र दुई सय ११ जना पीडित रहेको इन्सेकले जनाएको छ ।

यसैगरी घाइतेमा २७ जना, बालअधिकार घटनामा ८० जना, अमानवीय व्यवहारमा सात जना, जातीय विभेद घटनामा पाँच जना, कुटपिट घटनामा एक सय ११ जना, धम्की घटनामा पाँच जना र हत्या घटनामा १६ जना पीडित बनेको इन्सेकले जनाएको छ ।

कर्णालीमा घटेन मानअधिकार उल्लघंन्  : ‘ महिलाअधिकार’ अवस्था उस्तै

महिला स्वास्थ्य शिविरको उपसभापति खड्का द्वारा उद्घाटन

कर्णालीमा घटेन मानअधिकार उल्लघंन्  : ‘ महिलाअधिकार’ अवस्था उस्तै

प्रतिष्ठान छिट्टैः जीसी

Leave a comment

Your email address will not be published. Required fields are marked *