महिला स्वास्थ्य शिविरको उपसभापति खड्का द्वारा उद्घाटन

 दिलिप ढकाल

सुर्खेत,७ फागुन ।

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर स्क्रीनिङ शिविरको आज एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बल (ए.पी.एफ) नेपालको आयोजना तथा गुर्भाकोट नगरपालिकाको सह–आयोजनामा सुरु भएको निशूल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रिनिङ्ग कार्यक्रमको नेपालि कांग्रेसका उप सभापति तथा सुर्खेत क्षेत्र नम्बर एकका संघिय सांसद पूर्ण बहादुर खड्काले उद्घाटन गरेका छन्।

गुर्भाकोट नगरपालिका का १४ वडा र भेरीगंगा नगरपालिकाको साविक मैनतडाका महिलाहरुलाई निशूल्क स्वास्थ्य सेवा दिने गरि शिविर सुरु भएको हो । पुर्वी सुर्खेतको गुर्भाकोट, भेरीगंगा र लेकबेशी नगरपालिका का सबै वडामा महिलाहरुको स्वास्थ्य लक्षित गरि सशस्त्र प्रहरी अस्पतालद्धारा सुरु गरिएको निशुल्क शिविर आज गुर्भाकोटबाट सुरु भएको हो ।

गुर्भाकोटमा फागुन ७ गतेदेखि ११ गतेसम्म पाँच दिन संचालन हुने शिविर संचालान हुने छ। शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि खड्काले घर नजिकै निशुल्क महिला सम्बन्धि शिविर संचालन हुन लागेकाले ढुक्क भएर सेवा लिन पनि आग्रह गरेका थिए। यस्तो खालको शिविर कर्णाली प्रदेशमा पहिलोपटक भएकोले यसमा शिविरका अप्रेशन, औषधी, भर्ना, खानपिन सबै निशूल्क भएको उनले बताए ।

शिविरमा नेपाल एपीएफ अस्पतालका डा. सौजन्य कर्मचार्य सहितको चिकित्सकको टिम खटिएको छ । शिविरमा आवश्यक पर्ने अन्य औषधी, खानपिन, आवश्यक सामग्री व्यवस्थापन गुर्भाकोट नगरपालिकाले पाँच दिनसम्म व्यवस्थापन गर्ने गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले बताए ।

फागुन ७ देखि ११ सम्म संचालन हुने शिविरमा फागुन ७ देखि १० सम्म अन्तर्गत गुर्भाकोट नगरपालिका र फागुन ११ गते भेरीगंगा नगरपालिकाका वडा नम्बर ६,७,८ र ९ वडाका महिलाहरुका लागि गुर्भाकोट मेहेलकुना सिटिहलमा शिविर चल्ने छ । यस्तै फागुन १३ देखि १६ गतेसम्म लेकबेशी नगरपालिकाका सबै वडा हरु र भेरीगंगा नगरपालिकाको वडा नम्बर ११ र १३ वडाका लागि प्राथामिक स्वास्थ्य केन्द्र दशरथपुमा शिविर संचालन हुने छ ।

यता भेरिगंगा नगरका १,२,३,४,५,१०, र १२ वडाका लागि फागुन १८ देखि २० गतेसम्मस्वास्थ्य चौकी छिन्चुमा शिविर आयोजना हुने छ । नेपाल एपीएफ, अस्पतालको आयोजना र गुर्भाकोट नगरपालिका, लायन्स क्लव अफ काठमाण्डौ, ल्याबवेट क्लिनिक प्रालिको सहआयोजनामा शिविर सुरु भएको हो । शिविरमा पाठेघर सम्बन्धी सम्पूर्ण समस्याको लागि निःशुल्क शिविर सञ्चालन हुने छ ।

महिला स्वास्थ्य शिविरको  उपसभापति खड्का द्वारा उद्घाटन

लेकवेशीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

महिला स्वास्थ्य शिविरको  उपसभापति खड्का द्वारा उद्घाटन

कर्णालीमा घटेन मानअधिकार उल्लघंन्  : ‘ महिलाअधिकार’ अवस्था

Leave a comment

Your email address will not be published. Required fields are marked *