लेकवेशीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

सुर्खेत,७ फागुन ।
“स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुल नारा सहित १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ । लेकवेशी नगरपालिकाको जीवन ज्योती मावी दशरथपुरमा आईतवार जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो ।
जिल्ला खेलकुद विकास समिती सुर्खेतको मुख्य आयोजना तथा जिवन ज्योती मावी दशरथपुरको सहआयोजनामा सुरु भएको प्रतियोगिता फागुन ९ गतेसम्म संचालन हुनेछ । सुर्खेतका ९ वटै पालिकाका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन सुर्खेत निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधीसभा सदस्य तथा नेपाली कांग्रेसका उपसभापती पुर्ण बहादुर खड्काले गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य खड्काले खेलकुद प्रतियोगितामा सहभागीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै खड्काले खेलकुदले एक आपसमा आत्मियता बढाउने बताए । खेलकुदको क्षेत्रमा राज्यले ध्यान दिन नसकेको बताउँदै प्रतिनिधी सभा सदस्य खड्काले तिनै तहका सरकारले खेलकुदका लागी पुर्वाधार अन्य विषयलाई प्रथमिकतामा राख्नुपर्ने बताए ।
पछिल्लो समय देशमा भएको आर्थिक संटकलाई टार्न सबै सरोकारवाला देखी सवै तहका सरकार र राजनितिकदलहरु विचको एकता आवश्यक रहेको औँल्याए । यस्तै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसिले खेल क्षेत्रको विकासका लागी यस भन्दा पहिला सरकारी तथा गैरसरकारी क्षेत्रबाट धेरै प्रयासहरु भएको स्पष्ट पार्दै मन्त्री जिसिले कर्णाली सरकारको तर्फबाट खेलकुद क्षेत्रको विकासका लागी कुनै कसर बाँकी नराख्ने धारणा राखे ।
९ वटै पालिकाबाट सहभागि भएका खेलाडीहरुलाई स्वागत गर्दै लेकवेशी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेलले लेकवेशी आफैमा ग्रामिण स्तरको पालिका भएको उल्लेख गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे ।
उद्घाटन समारोहको अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले प्रतियोगितालाई सव्य र भव्य रुपमा सम्पन्न गर्न निर्देशन सुझाव दिदै, खेलमा सहभागि खेलाडीहरुलाई मतभेद नगरी सम्पन्न गराउन प्रतियोगिताका निर्णयकहरुलाई जिल्ला समन्वय समिती प्रमुख सुनारले निर्देशन दिए ।






