स्वतन्त्रबाट प्रमुखमा चुनाव लड्ने घोषणा गरेका अनिल ढकालले किन उपप्रमुखमा उम्मेदवारी दिए ?

सुर्खेत । वीरेन्द्रनगरका युवा अनिल ढकालले दुई महिना अघि नै वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि चुनाव लड्ने घोषणा गरेका थिए । उनले वैशाख १० गतेसम्म पनि मेयरकै लागि तयारी गरिरहेका थिए । तर मनोनयन दर्ता गर्ने बेलामा भने उपप्रमुखमा दर्ता गराए ।
ढकालले किन उपप्रमुखमा उम्मेदवारी दिए भन्ने विषयम आम चासोको विषय बनको छ । बुधबार ढकालले प्रेस विज्ञप्ति जारी गर्दै माफि मागेका छन् ।
उपप्रमुखमा मेरो उम्मेदवारीको बिषयलाई लिएर कहि चर्चा, परिचर्चा, गौरव तथा परिवर्तनको नयाँ आयामको उत्साह छन् भने केहि प्रश्न तथा भ्रमहरु पनि छरिएका छन्,उनले भनेका छन्, हजारौं युवा मनहरुले मलाई आफ्नो नेतृत्वको जिम्मेवारी सुम्पिन योग्य ठानेको पाउँदा मलाई चुनाव जितिसकेको महसुस भएको छ । मैले आफ्नो जीवनभर वीरेन्द्रनगरको हितमा काम गर्ने संकल्प लिइसकेको हो । जिते उप–प्रमुख भएर सेवा दिने छु, नजिते जिम्मेवार युवा भएर यो समाजको पहरेदारि गरिनै रहनेछु ।’
उनले राजनैतिक दलका गलत प्रवृत्तिका विरुद्ध विद्रोह स्वरुम प्रमुखमा चुनाव लड्ने तयारी गरेको बताएका छन् । तर हजारौं युवाहरुको समर्थनले मलाई जिम्मेवार बनायो, बिद्रोह मात्र हैन नेतृत्व लिन प्रेरित गर्यो,’उनले भने ,‘ सबैले तिम्रा कार्यहरु राम्रा छन् तर सुरुमा वडा बाट जानू पर्थ्यो नि बरु भन्ने जस्ता सुझाव हरु पनि आइरहेका थिए । तिम्रा कामहरु हेर्दा तिमी उपप्रमुखमा ठिक छौ, भन्ने सुझाव आएकाले उप–प्रमुखका लागि उम्मेदवारी दर्ता गराएको हो।उम्मेद्वारी दिने त्यो तनावग्रस्त माहोलमा मैले हजुरहरुलाई जानकारी गराउन नपाएको हो।






