तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु, २८ जना घाइते

मुस्ताङ । तीर्थ यात्री बोकेको बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना हुँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।
उनले भने, ‘बेनीमा तीर्थ यात्री बोकैको बस दुर्घटना भएको छ। बसले स्कुटर चालकलाई ठक्कर दिएकोले उसको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते यात्रु घाइते हुनु भएको छ।
उहाँहरुको अस्पतालमा उपचार भइरहेको छ।’ (onlainkhabar)






