२०८३ असार २ गते
×

Now Playing

सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।

मृत्यु भएका म्यादी प्रहरी जिल्लाको सर्केगाड गाउँपालिका–६ घर भएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकाया हुन् ।

साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुइँमा मृत्यु भएको अवस्थामा उनको शव भेटिएको ओझाले बताउनुभयो ।

प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु

स्वतन्त्रबाट प्रमुखमा चुनाव लड्ने घोषणा गरेका अनिल

सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु

गठबन्धनको निर्णय कार्यान्वयन गर्न निर्देशन

Leave a comment

Your email address will not be published. Required fields are marked *