वडाले दिर्घरोगीको निःशुल्क स्वास्थ्य वीमा गरिदिने

सुर्खेत, ११ जेष्ठ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ मा बसोबास गर्ने अपाङ्गता, मुटुरोग, क्यान्सर, मृगौला समस्या, प्यारालाईसिस जस्ता दिर्घरोग भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य वीमा गरिने भएको छ ।

वीरेन्द्रनगर वडा नं. ८ को नवनिर्वाचित वडापालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको हो । पहिलो बैठकले वडाको गुरुयोजना निर्माण गरी समस्याको पहिचान र प्राथमिकिकरणका आधारमा सबैको पक्षको सहभागितामा विकास पूर्वाधार निर्माणलाई प्राथमिकता दिने निर्णय पारित गरिएको छ ।

साथै निर्वाचनको प्रक्रियामा सहभागि हुने सम्पूर्ण वडाबासी, निर्वाचनलाई सफल पार्ने सबै निकाय, निवर्तमान वडाका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको वडा अध्यक्ष टीकाराम शर्माले जानकारी दिए ।

नव निर्वाचित जनप्रतिनिधिहरुको बुधबार एक कार्यक्रमवीच स्वागत तथा पदबहाली गरिएको छ । निवर्तमान वडा अध्यक्ष टीकाराम शर्माको अध्यक्षता एवं प्रदेश सभा सदस्य राजु गुईदेलको प्रमुख आतिथ्यता, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका सहभागीहरुले प्रमुख ढकाल र उपप्रमुख खनाललाइ समेत स्वागत तथा बधाइ दिएका थिए । वीरेन्द्रनगर-८ प्रमुख ढकालकाे गृह वडा समेत रहेकाे छ ।

कार्यक्रममा म.प. विश्वविद्यालयका पूर्व डिन तथा सामाजसेवी पिताम्बर ढकाल, नेपाली काँग्रेसका वडा सभापति तथा निकटतम् प्रतिस्पर्धी जय बहादुर थापा लगायतले बोल्दै नवनिर्वाचित पदाधिकारीलाई सबैको भावना समेट्दै विकास निर्माणमा लाग्न सुझाव दिएका थिए ।

पदभार बहाली कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि, वडामा रहेका विद्यालयका प्रअ, शिक्षक, प्राध्यापक, व्यापारी, बुद्धिजिवी, महिला समूह, सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

वडाले दिर्घरोगीको निःशुल्क स्वास्थ्य वीमा गरिदिने

वडामा बजेट सुनाएर मात्र कार्यक्रम सुरु गर्ने

1 Comment

  1. R
    25th May 2022 Reply

    “वडाले दिर्घरोगीको निःशुल्क स्वास्थ्य वीमा गरिदिने” यो सांचो हो कि ख्याल ख्याल हो । दिर्घ रोग लागी सकेकालाई कसले विमा गरिदिन्छ हो ? विमा भनेको घटना हुन सक्नेलाई मात्र गर्ने हो । घटना भईसकेकोलाई कसैले विमा गरिदिदैन । विमाको सिद्दान्त विपरीत कसैले विमा गर्दैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *