बाजुराको अथ्थगेचौरमा दुर्घटना हुँदा १३ महिने बालिकासहित ६ जना घाईते

हुम्ला । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ७ को अथ्थगेचौर नजिकै यात्रुबाहक जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुधबार दिउसो पिलुचौरबाट धुलाचौर हुँदै अदानचुली आउदै गरेको हुम्ला अदानचुली ४ का पदम बहादुर बुमीको कर्णाली प्रदेश ०२००१ ज ००४५ नम्बरको यात्रु बाहक जिप दुर्घटना हुँदा १३ महिने बालीका सहित ६ जना घाईते भएका छन् ।

दुर्घटनामा अदानचुली गाउँपालिकाका ४ जना,बर्दियाका १ जना र चालक सहित ६ जना घाईते भएको अस्थायी टाफिक प्रहरी पोष्ट पिलुचौरले जानकारी दिएको छ ।

घाइते हुँनेमा अदानचुली ४ का वर्ष ३५ का पम्फा थापा,वर्ष ३० का जिबन थापा,वर्ष ३१ का जर्मा थापा र १३ महिनाका बालिका सञ्जीता थापा रहेका छन् ।

यसै गरी गौमुल गाउँपालिका ६ का चालक करन चँदरा र बर्दियाका १४ वर्षिया राम कुमार चौधरी रहेका अस्थायी टाफिक प्रहरी पोष्ट पिलुचौरका धन बहादुर धामीले जानकारी दिए ।

घाईते भएका ३५ वर्षिया पम्फा थापा र चालक करन चँदरा मध्यम र अन्य सबै सामान्य घाइते भएको उहाँले बताउनु भएको छ ।

आज दिउसो करिब १ बजे तिर ब्रेक फेल भएर जिप दुर्घटना हुँदा सडक भन्दा करिब १० मिटर तल खसेको धामीले बताए ।

 

घाइते भएका सबैलाई बाजुराको कोल्ट स्थित नबिन मेडीकलमा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।

बाजुराको अथ्थगेचौरमा दुर्घटना हुँदा १३ महिने बालिकासहित ६ जना घाईते

वडाले दिर्घरोगीको निःशुल्क स्वास्थ्य वीमा गरिदिने

बाजुराको अथ्थगेचौरमा दुर्घटना हुँदा १३ महिने बालिकासहित ६ जना घाईते

हालको विमानस्थल विस्तार गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *