वडामा बजेट सुनाएर मात्र कार्यक्रम सुरु गर्ने निर्णय

अमर सुनार
दैलेख, ११ जेष्ठ ।
नारायण नगरपालिका वडा नं. ११ ले गर्ने हरेक कार्यक्रमहरुको बिनियोजित बजेट जानकारी गराएर मात्र कार्यक्रम सुरुवात गर्ने निर्णय गरेको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको बुधवार पदभार ग्रहण गर्दै वडाले पहिलो निर्णय गरेको हो ।

नारायण नगरपालिका वडा नं. ११ का नवनिर्वाचित वडाध्यक्ष दीर्घबहादुर मल्लले सुशासन र पारदर्शिताको निम्ति वडा क्षेत्रमा मातहतका सबै निकाय र साझेदारहरुले समेत हरेक क्रियाकलापमा बजेट जानकारी गराएर मात्र कार्यक्रम सुरुवात गर्न अनिवार्य गराइने बताउनुभयो ।

पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई थप प्रभावकारी बनाउन वडामा सञ्चालित ठूला निर्माण आयोजनामा पनि आयोजनाको लागत, लाग्ने समय र कार्य विवरण सबैले देख्न सक्ने गरी आयोजना स्थलमा अनिवार्य राख्न लगाउने पनि निर्णय गरिएको छ ।

पदभार ग्रहण कार्यक्रममा अघिल्लो कार्यकालका वडाध्यक्ष टंकबहादुर बिष्ट, कार्यपालिका सदस्य मनकुमारी सुनार, वडासदस्यहरु मनधरा मल्ल, रत्नबहादुर श्रेष्ठलाई विदाई गरिएको थियो भने नवनिर्वाचित वडाध्यक्ष दीर्घबहादुर मल्ल, वडासदस्यहरु मनसरा अधिकारी, मानबहादुर बडुवाल, मीना बिक र दीपक शाहीलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा एमालेका तीर्थराज अधिकारी, नेपाली काँग्रेसका वडा सभापति बीरबहादुर बिष्ट, नेकपा एकीकृत समाजवादीका वडा कमिटी अध्यक्ष कर्णबहादुर राना, रैनादेवी मावि टाटामाखुका निमित्त प्रधानाध्यापक प्रेमबहादुर बिष्ट लगायतले नवनिर्वाचितलाई बधाई शुभकामना दिनुभएको थियो ।

वडामा बजेट सुनाएर मात्र कार्यक्रम सुरु गर्ने निर्णय

सुर्खेतमा ‘डिजिटल कर्णाली संवाद’ हुँदै

वडामा बजेट सुनाएर मात्र कार्यक्रम सुरु गर्ने निर्णय

वडाले दिर्घरोगीको निःशुल्क स्वास्थ्य वीमा गरिदिने

Leave a comment

Your email address will not be published. Required fields are marked *