नेकपा समाजवादीबाट बनगाड कुपिण्डे–६ मा विसी विजयी

दुर्गा विसि
सल्लीबजार, ३ जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ६ बाट नेकपा समाजवादीका गणेश विसि विजय भएका छन् । उक्त वडामा समाजवादी र माओवादी केन्द्रको समिकरण रहेको थियोे ।
समाजवादीले यो नगरपालिकामा एउटा वडा मात्रै जितेको छ । लामो समय राजनीतिसँगसँगै शिक्षण पेसामा आब्द विसि स्थानीय चुनावमा वडा अध्यक्ष तर्फ विजय भएका छन् ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ६ को जम्मा १२५९ को अन्तिम मत गणना हुदाँ वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट गणेश विसि–३८३ मत ल्याएर विजयी भएका थिए ।
नेपाली कांग्रेसबाट रामवहादुर वस्नेत–३०२ मत, नेकपा एमालेबाट प्रेमवहादुर चलाउने–२५५ मत, स्वतन्त्र उम्मेदवार विजय नेपाली–११४ मत, राप्रपा लोकवहादुर वुढा–८ मत रहेको छ ।
समाजवादिका जिल्ला कमिटी सदस्य विजय नेपालीले गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी खडा गरेका थिए । सदस्यमा खड्ग शाही ३३८ मत, माओवादी केन्द्रबाट कले कामी ३७३ मत, गिता विक ३४६ मत र एमालेबाट निर्वाचित दिपा साहुले ३२९ मत ल्याइ विजयी भएको जनाएको छ ।






