कालिमाटीका ६ वटा वडामा एमाले–४, माओवादी–काँग्रेस एक एक वडा विजयी

दिलिप ढकाल
गुर्भाकोट, ३ जेष्ठ ।
सल्यानको कालिमाटी गाउपालिका मा हाल सम्म ६ वटा वडाको मत परिणाम सार्बजनिक भएको छ। जसमा नेकपा एमाले ले वडा नम्बर १, ४, ५ र ७ जितेको छ । नेपालि काँग्रेसले वडा नम्बर ३ मा जितेको छ ।

नेकपा माओवादीले वडा नं. ६ मा जितेको छ । कालिमाटीमा नेकपा माओवादी र एकीकृत समाजवादीले वडामा गठ–बन्धन गरेका थिए । वडा नं. १ मा नेकपा एमालेका रविलाल बस्नेतको प्यानलनै बिजयी भएको छ ।

त्यस्तै वडा नं. ३ मा नेपाली कांग्रेसबाट शिव खत्रीले जितेका छन् । वडा नं. ४ बाट नेकपा एमालेका बेल बहादुर चन्द र वडा नं. ५ बाट नेकपा एमालेकै टोप बहादुर कार्कीको प्यानलै विजयी भएको छ ।

त्यस्तै वडा नं. ६ मा नेकपा माओवादी र एकीकृत समाजवादीलको गठबन्धनकोतर्फ बाट वडा अध्यक्ष पदको उमेद्वार बनेका टेकराज पुलामीको प्यानलनै निर्वाचित भएको छ ।

कालिमाटी गाउँपालिका वडा नम्बर ७ बाट नेकापा एमालेका मित्रलाल सुनार निर्बाचित भएका छन् । अहिले वडा नम्बर २ मत गणना जारिछ ।

कालिमाटीका ६ वटा वडामा एमाले–४, माओवादी–काँग्रेस एक एक वडा विजयी

नेकपा समाजवादीबाट बनगाड कुपिण्डे–६ मा विसी विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!