चिङ्गाडमा काँग्रेसको गढ भत्कियो, एमालेका उम्मेदवार विजयी

गोपाल शर्मा
सुर्खेत, ३ जेष्ठ ।
नेपाली कांग्रेसको गढ मानिने सुर्खेतको चिंगाड गाउँपालिकामा एमालेका उम्मेदवारले पालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र रहेको चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी भएका छन् ।
मतदान अधिकृतको कार्यालयले गरेको घोषणाअनुसार यहाँ नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित भएका छन् । यहाँ जिसीले ३५९१ मत पाए भने शर्माले ३५५० मत प्राप्त गरे ।
त्यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले विजयी प्राप्त गर्दा कांग्रेसकी मनमाया आचार्य पराजित भइन् । यहाँ वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ ।
पहिला जितेकाे वडा समेत गुमाएर नेकपा माअाेवादी केन्द्र चिडगाडमा निल भएकाे छ भने माअाेवादी केन्द्रकै सहयाेगमा एमालेका उम्मेदवारले पालिकाकाे अध्यक्ष र उपाध्यक्ष जित्नेकाे छ ।
६१ भाेटकाे मतान्तरमा पराजित हुदाँ अाफ्नै पाटीका अन्तर विराेधीहरूले हराएकाे गुनासाे पाेखेका छन्। अाफ्नै पाटीका कारण हार खाएकाे एक समिक्षा बैठकले निस्कर्स निकालिकाे नेपाली काँग्रेसका नेताहरुकाे गुनासाे छ ।






