कालिमाटी–७ मा एमाले प्यानलै बिजयी

दिलिप ढकाल
गुर्भाकोट, ३ जेठ ।
सल्यानको कालिमाटी गाउपालिकाको वडा नं. ७ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । एमालेको तर्फबाट कालिमाटी गाउपालिका वडा नम्बर ७ बाट उम्मेदवार बनेका मित्रलाल सुनारले आफ्नो प्यानल सहित जित हात पारेका हुन् । उनले ५२६ मत प्राप्त गर्दा प्रतिस्प्रधी नेपाली कांग्रेसका नैन सिंह खत्रीले ४०६ मत प्राप्त गरेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्बाचनमा बहुमत सहितको स्थानिय सरकार बनाएको नेपालि कांग्रेस अहिले वडा नम्बर ७ मा निकै कमजोर देखिएको छ । नेपालि कांग्रेस को गढ को रुमपा चिएको कालिमाटी ७ मा नेकपा एमाले पुरै प्यानल सहित बिजयी भएको छ ।






