जुनीचाँदेको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

जाजरकोट, ३ जेष्ठ ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार वेदबहादुर शाही र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार वीरेन्द्र बहादुर शाही निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित शाहीले ३ हजार ४ सय ४४ मत र उपाध्यक्षमा निर्वाचित शाहीले ३ हजार ३ सय २७ मत प्राप्त गरेका छन् ।

अध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार शिवा आचार्यले ३ हजार ८८ भोट र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार अम्बा कुमारी शाहले २ हजार ७ सय ४६ भोट प्राप्त गरेका छन् ।

शिवा आचार्य जुनीचाँदे गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् भने अम्बा कुमारी शाह २०७४ सालको स्थानीय तहमा समेत उपाध्यक्षमा पराजित भएकी थिईन् । जुनीचाँदेका ११ वडामध्ये एमालेले ३, कांग्रेस २ र नेकपा माओवादी केन्द्रले ६ वडा जितेको छ ।

जुनीचाँदेको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

कालिमाटी–७ मा एमाले प्यानलै बिजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!