कुशे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

जाजरकोट, ३ जेष्ठ ।
जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार हरिचन्द्र बस्नेत निर्वाचित भएका छन् । एकीकृत समाजवादीका तप्तबहादुर हमाललाई पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन् । बस्नेतले ३ हजार ४ सय २३ मत प्राप्त गर्दा हमाललाई ३ हजार १ सय ८२ मत प्राप्त भएको छ ।

यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकै देविका सिंह विजयी भएकी छन् । उनले ३ हजार ५ सय ८७ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका विकास रोकाय २ हजार ९ सय १८ मत प्राप्त गरेका छन् ।

कुशे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

एमाले विभाजको असरले ज्वाला र शाह आफ्नै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!