गाउँपालिकामा निर्वाचित अध्यक्ष यस पटक वडा सदस्यमै पराजित

सुर्खेत, ३ जेष्ठ ।
सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन् । पहिलाे पटक २०७४ सालकाे निर्वाचनमा लाेकप्रिय मत पाएर निर्वाचित भएका पालिका अध्यक्ष नै वडा सदस्यमा पराजित भएका छन् ।
५ बर्षे कार्यकालमा गरेकाे कामकाे समिक्षा गर्दै वडा सदस्यमा समेत यस पटककाे निर्वाचनमा मतदाताले पत्याएनन । बराहताल गाउँपालिका–८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् ।
बस्नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए । उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएको निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।






