हुम्लाको मतपरिणाम अप्डेट : सिमकोटमा काँग्रेस-माओबादी गठबन्धन बिजयी

काली बहादुर थापा
हुम्ला, ३ जेष्ठ ।
सर्केगाड गाउँपलिकाको पनि मत मतगणना जारी रहेको छ । सर्केगाड गाउँपालिकाका ८ वडा वडा मध्ये ६ वडाको मत गणना सम्पन्न भैसकेको र अब २ वडाको मात्र बाँकी रहेको छ ।

उक्त गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका बल कार्की सहित सिंगो प्यानल बिजयी भएको छ । त्यसैगरी वडा नम्बर २ रिपमा सिद्ध कार्की सहितको गठबन्दनको प्यानल बिजयी भएको छ भने वडा नम्बर ३ उनापानीमा स्वतन्त्र उम्मेदवार अखिल कार्की बिजयी भएका छन् । सदस्यमा १ जना माओबादी र ३ सदस्य एमालेले हात पारेको छ ।

उता वडा नम्बर ६ को बराईमा भने एमालेका पदम बहादुर शाही बिजयी भएका छन् र अन्य सदस्य भने गठबन्दनकै रहेका छन् वडा नम्बर ७ रोडीकोटमा गठबन्दनका कन्नसिंह कार्की नेपाली काँग्रेशका बिजयी भएका छन् र अदस्यहरु पनि गठन्दनकै रहेका छन् ।

वडा नम्बर ८ राहदेबमा नेकपा माओबादी केन्द्र समाजबादीका रंगमल रोकाया सहित सिंगो गठबन्दनको प्यानल बिजयी भएको छ ।

यता अहिले वडा नम्बर ४ र ५ को मत गणना भैरहेको मतगणना स्थलबाट वडा अध्यक्ष गोकुल बुढाले जानकारी दिनु भएको छ ।

जिल्लाको दक्षिण क्षेत्रमा रहेको चंखेली गाउँपालिकाको मतगणना रोकिएको छ । बैशाख ३० गते भएको निर्वाचनमा भएका बिबादले ठुलो रुप लिए पछि झडप भएको थियो उक्त झडपमा परि मतदान अधिकृत सहित कार्यालय सहयोगी समेत घाइते भए पछि थोरै मात्र मत खसेको भन्दै उजुरी परेपछि जेष्ठ ४ गते पुनः मतदान हुँने भएको छ ।

भोली पुनः मतदान हुने भएपछि बाँकी वडाका पनि सँगै मतगण्ना गर्ने भने पछि मतगणना समेत रोकिएको छ । मतगणना भएका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार पदम बहादुर शाही बिजयी भएका छन् वडा नम्बर ५ मा स्वतन्त्र उमेदवार हर्कद्धन तामाङ र वडा नम्बर ६ मा पनि स्वतन्त्र उम्मेदवार जय बहादुर सिरा बिजयी भएका छन् यता गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाहीको अग्रता कायमै रहेका छ भने उपाध्यक्षमा गठबन्दनकी मैना बुढाको अग्रता रहेको छ ।

जिल्ला सदरमुकाम रहेको सिमकोट गाउँपालिकामा गठबन्दनका साझा उम्मेदवार तथा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य बिजय भण्डारीले २८८२ मत ल्याएर बिजयी भएका छन् उनका निकटतम प्रतिस्प्रधी नेकपा एमालेका उम्मेदवार महेन्द्र बहादुर शाहीले १४५७ मत ल्याएर पराजीत भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धन तथा नेपाली काँग्रेसकी सुसिला रोकायाले २४७४ मत ल्याए बिजयी एकी छन् उनका निकटतम प्रतिस्प्रधि एमालेकी प्रतिमा लामाले १९६९ मत प्राप्त गरी पराजीत भएकी छन् ।

अर्का उपाध्यक्षका स्वतन्त्र उम्मेदवार खरायो चिन्हले ७०६ र हलो चिन्हले ३३ मत ल्याएको छ यता अध्यक्षको लागि स्वतन्त्रमा रहेको हलो चिन्हले २८ मत ल्याएको छ ।

 

हुम्लाको नाम्खा गाउँपालिकामा गठबन्धन विजयी भएको छ । गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवारमा उठेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर लामा र उपाध्यक्षको उम्मेदवारमा उठेका नेपाली कांग्रेसका तक्दिर लामा विजयी हुनु भएको छ ।

गाउँपालिका अध्यक्षमा प्रेम बहादुर लामाले १ हजार ३ सय २३ मत ल्याएर विजयी हुनु भएको छ भने उनका निकटतम प्रतिद्धन्द्धि स्वतन्त्रबाट सूर्यबहादुर लामाले ६ सय २३ मत ल्याएर पराजित हुनु भएको हो ।

त्यस्तै गठबन्धनकै तर्फबाट उठेका नेपाली कांग्रेसका उपाध्यक्ष तक्दीर लामाले १ हजार ९४ मत ल्याएर विजयी हुनु भएको थियो भने उनका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका उम्मेदवार नुरजङ तामाङले ७ सय ६२ मत ल्याउनु भएको थियो ।

त्यसैगरी नाम्खा गाउँपालिकाकै वडा नम्वर १ मा नेकपा एमालेका सोनाम लामा, वडा नम्वर २ मा स्वतन्त्रका सुनाम क्याप लामा, वडा नम्वर ३ मा स्वतन्त्रका ग्योम्जो लामा, वडा नम्वर ४ मा नेकपा एमालेका लातर लामा, वडा नम्वर ५ मा नेपाली कांग्रेसका पाल्जोर लामा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

वडा नम्वर ६ का वडा अध्यक्ष पाल्जोर तामांग यस अघि नै स्वतन्त्रबाट निर्विरोध निर्वाचित भई सक्नु भएको थियो । यता जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका ६ वटा वडा मध्ये १,६ र २ वडाको मतगण्ना सकिएको छ र अहिले वडा नम्बर ४ को मतगण्ना भैरहेको छ ।

मतगणना भएका वडाहरु मध्ये वडा नम्बर १ मा गठबन्दनका साझा उम्मेदवार अके महतारा सहित सिंगो प्यानल बिजयी भएको छ भने वडा नम्बर ६ मा पनि गठबदनकै बिर्ख बहादुर बुढाको सिंगो प्यानल बिजयी भएको छ । वडा नम्बर २ मा भने नेकपा एमालेका नन्द महताराको सिंगो प्यानल बिजयी भएको छ ।

३ वडाको मतगणना सम्पन्न भए पश्चात गाउँपालिकाको अयक्षमा गठबन्दनका साझा उम्मेदवार नेपालि काँग्रेशका जिल्ला सभापति ८२२ मत प्राप्त गरी ३६ मतले अग्रता लिएका छन् भने एता एमालेका उम्मेदवार दल फडेराले ७८६ मतले पक्ष्याई रहेको छ ।

यता उपाध्यक्षमा गठबन्धनकै साझा उम्मेदवार नेकपा माओबादी केन्द्रका कर्ण रोकाय सुधारले स्वतन्त्र उम्मेदवार लोकेन्द्र भण्डारी भन्दा ९२ मतले अग्रता लिएका छन् । उनले ७६९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार भण्डारीले ६७७ मत प्राप्त गरेका छन् ।

अदानचुली गाउँपालिकामा मात्र करिब २० प्रतिशत भन्दा धेरैमत बदर देखीएका छन् वडा नम्बर २ मा मात्र अध्यक्षका १५६,उपाध्यक्षका २७६,वा अध्यक्षका १६३,महिला वडा सदस्यका २१८ र दलित महिला वडा सदस्यका २२१ मत बदर रहेका छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिकामा गठबन्दका साझा उम्मेदवार तथा नेपाली काँग्रेसका कर्ण रावलको प्यानल र ताँजाकोट गाउँपालिकामा पनि गठबन्दनकै लालकेश जैसीले ४ वडा अध्यक्ष सहितयस अघिनै बिजयी भैसकेका छन् ।

हुम्लाको मतपरिणाम अप्डेट : सिमकोटमा काँग्रेस-माओबादी गठबन्धन बिजयी

दैलेखको नारायणमा एमाले विरासत जोगियो

हुम्लाको मतपरिणाम अप्डेट : सिमकोटमा काँग्रेस-माओबादी गठबन्धन बिजयी

गाउँपालिकामा निर्वाचित अध्यक्ष यस पटक वडा सदस्यमै

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!