दैलेखको नारायणमा एमाले विरासत जोगियो

दैलेख, ३ जेष्ठ ।
दैलेख सदरमुकाममा रहेको जिल्लाकै प्रभावशाली र ठुलो नगरपालिका नारायण नगरपालिकामा नेकपा एमालेले आफ्नो पुरानो विरासत जोगाएको छ ।
पार्टी विभाजन भएर छेतविछेद भएको अवस्था र चौतर्फी घेराबन्दीका विच नारायण नगरपालिकाको एमालेको पुरानो विरासत जोगिएको हो ।
प्रमुखमा नेपाली काँग्रेसबाट प्रभावशाली उम्मेदवार र उपप्रमुखमा निवर्तमान एमालेबाटै विजयी भएर एकीकृत समाजवादीतिर लागेका प्रभावशाली उम्मेदवारलाई पराजित गर्दै एमाले उम्मेदवार दुवै पदमा विजयी भएका छन् । प्रमुख र उपप्रमुखनै एमालेले जितेको छ ।
मेयरमा एमालेका लोमन शर्मा ५४३६ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मलाकुमारी खड्का थापाले ५३५७ मत ल्याइन् ।
उपमेयरमा पनि एमालेकै तप्तकुमारी खड्का ५६७३ मतका साथ विजयी भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीकी सावित्री मल्लले ३८३८ मत ल्याइन् । नारायण नगरपालिकामा यसअघि पनि एमालेले जितेको थियो ।






