दिपेन्द्र शर्मा
नलगाड, ३ जेष्ठ ।
जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्बरबहादुर रावत निर्वाचित भएका छन् ।
रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई १ हजार ९ सय ७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका रावतले ५ हजार ५ सय ९९ मत प्राप्त गरेका थिए । नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी सरिता सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गरी विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेका सुनिता बोहरालाई २ हजार १३ मतलेपछि पार्दै विजयी भएकी हुन् ।
नेकपा एमालेकी बोहराले ३ हजार ३ सय ९३ मत प्राप्त गरेकी छन् । नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले चुनावी तालमेल गरेका थिए ।


