गठबन्धनको निर्णय तोडेर उम्मेदवार बनेका कर्णालीका कानुन मन्त्री शाहीका छोरा चामुण्डाबिन्द्रासैनीमा विजयी

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नेपाली काँग्रेसका गणेश कुमार शाही विजयी भएका छन् ।
उनले ४ हजार ७० मत ल्याई विजयी भएका हुन । गठबन्धनको निर्णय तोडेर उनी मेयरको उम्मेदवार बनेका थिए । उनी कर्णाली प्रदेश सरकारका कानुन मन्त्री हिमबहादुर शाहीका छोरा हुन् ।
उनका निकटतम प्रविद्धन्द्धि नेकपा एमालेका सूर्य बहादुर शाहीले ३९९२ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका मनसरा कुमारी शर्माले ४हजर ३८ मत ल्याई विजयी भएकी छन् ।
उनका निकटतम प्रविद्धन्द्धि नेकपा एमालेका नन्दा कुमारी विष्टले ३९९६ मत प्राप्त गरिन् । ०७४ मा यो पालिकामा एमालेले वर्चश्व जमाएको थियो ।






