माओवादी पार्टीले नपत्याएका मोहन केसी बने स्वतन्त्रबाट सान्नी त्रिवेणीको अध्यक्ष

कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी भएका छन् ।

उनले १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन् । केसीका प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाएका छन् । उनलाई नेकपा माओवादी केन्द्रले टिकेट नदिएपछि पुतली चिन्हबाट स्वतन्त्र लडेका थिए ।

त्यस्तै उपाध्यक्षमा एमालेकी पार्वती सिँह १ हजार ६ सय ८१ मत ल्याएर विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १ हजार २ सय २२ मत पाएकी छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *