सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादी विजयी

सल्यान ।  सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । ​गठबन्धबाट अध्यक्षको उम्मेदवार बनेका पुनले एमालेका भीमबहादुर सेनलाई २२४ मतान्तरले हराएका हुन् ।

पुनले ३१६० मत प्राप्त गर्दा सेनले २९३६ मत प्राप्त गरे ।

माओवादी केन्द्रका प्रकाश भण्डारी ३२४० मत प्राप्त गरेर उपाध्यक्ष पदमा विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका भीमा बुढाथोकीले २७४५ मत प्राप्त गरिन् । कपुरकोटमा समाजवादी र माओवादीबीच गठबन्धन भएको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *