मेरो छोरी नै नहोस् भनेर प्रार्थना गर्थे

सुजना बुढाथोकी
सुर्खेत,३० असोज ।

मेरो नाम रत्ना गिरी हो । सुर्खेतको पश्चिम चौकुनेको गुटुमा जन्मिएकी म अहिले ८४ वर्षकी भएँ । सुर्खेत जिल्ला भन्ने बित्तिकै सुगम होला भन्ने लाग्छ तर पश्चिममा जन्मिएकी म र मेरो पालामा छोरी भनेको बोझकै रुपमा हुन्थे । काम गर्नकै लागि, घरधन्दाकै लागि, पढाउन नपर्ने परिवेशमा म जन्मिएकी हुँ । हरेक खालका सेवासुविधाले बाँच्ने आशा लाग्थ्यो तर हामीले पैसा भनेको एक दुई रुपैया मात्रै देख्थिम् ।

हामी त लाग्छ कामकै लागि जन्मिएका हौं । वि.स १९९५ मा जन्मिएकी म १३ वर्षमै विवाह बन्धनमा बाँधिए । त्यो परिवेशमा छोरीलाई बाह्र तेह्र वर्षमै विवाह गरिदिने परम्परा थियो । विवाह भएको केहि वर्षमा पश्चिममै रहेको मेरो परिवार वि.स २०१३ सालमा बयलकाँडामा आएको थियो । त्यो समय वीरेन्द्रनगरमा त औलो लाग्थ्यो ।

बस्ती नै बसेको थिएन् । मेरा अहिले पाँच वटा छोरा छन् । पाँच भाई छोरा छन् तर म कान्छो छोरासंग बस्छ्ु। म छोरी भ ए र दुःख गरेको ब े ल ा भगवानलाई सधै प्रार्थना गर्थेकी मेरो छोरी नै नहोस् । भनेजस्तै भयो, भगवानले सुन्नुभयो म रोएको अनि मैले पुकारेको । मेरा छोरी भएनन् । भालेको डाकोसंगै उठेर अँधेरैमा काम धन्दा सकाईसक्नुपर्ने हुन्थ्यो ।

भान्सा, गाईवस्तु, मल सोर्ने काम, पानीपँधेरो र घर लिपपोत जस्ता काम सबै हाम्रा हुन्थे । माटो, ढुंगांको घरको भित्ता र खर अनि स्याउलाले बारेको छानो भएको घरमा माटोको चुलो हुन्थ्यो । काठको घर तर गाउँका घरहरु दुई तलाका हुन्थे, माथि परिवार बस्ने तल गाईवस्तु बाँध्ने ।

त्यहिबेला राती कोहि आउँछन कि भनेर, खेती बाली कुर्नका लागि, बाँदर धपाउनका लागि कुकुर सबैले पाल्ने गर्थे घरमा । सबै भन्दा समस्या त पानीको हुन्थ्यो, अँधेरै गएपनि पालो कुर्नुपर्ने । पानी लिनका लागि घण्टौ लाएर उकाली ओराली गर्दै साथीसंगी संगै जानुपर्ने हुन्थ्यो । खाना खाएर लोग्ने मान्छे केहि काम किनमेलका लागि बजार अथवा सदरमुकामसम्म जाने गर्थे ।

हाम्री आमा, हजुरआमा, सासूहरु सबैले फुली, बुलाखी, ढुंग्रीं, मडरी, चाँदीका बाला, नौगेडी, पैसाको माला जस्ता गहना लगाउँथे । घरधन्दा सकेर कोहि खेतबारी त कोहि गाईवस्तु चराउन जंगलतिर लाग्थिम्, कति दुःख गरियो कति । जंगलमा गाईवस्तु लिएर जाँदा पुराना भाकाका गीत गाउने गर्थिम् । टन्न गाईवस्तु घरमा हुन्थे ।

बाहिरको खाना केहि हँुदैन थियो । घरकै खाना, खिर, दहिदूध, धेरै समयको अन्तरालमा माछामासु खाने गर्थिम् । त्यतिबेला चाडवाडमा मेला लाग्थ्यो । मेला पनि राती लाग्ने । दिनभरिको घरधन्दा, मेलापात, काम सबै सकेर राती मेला हेर्न जाने गरिन्थ्यो ।

रमाइलो त त्यहि समयमा हुन्थ्यो । अब त हाम्रा दिन गए नानी । गुन्योचोली लाउने परम्परा थियो हाम्रो त्यो समयमा । पुरुषले दौरा सुरुवाल, भोटो कछार, जामा लाउने महिलाले चोलो, धोती लाउँथिम् । छोराकै लागि दर्जनौभन्दा बढि छोरी जन्माएका र छोराकै लागि छोरीको महत्व नबुझेको देख्दा साह्रै दुःख लाग्थ्यो । सन्तान बराबर हुन भन्ने त्यो बेलाका मानिसको सोचमा हुँदैन थियो । छोरी मान्छे पढ्ने भन्ने त कसैको पनि मनसायनै थिएन ।

उ बेला पैसापनि हुँदैन थिए अनि कपडा नी वर्षमा एकपटक किन्ने हुन्थ्यो । बढिमा तीनचार जोर कपडामा हुर्किन्थे छोराछोरी । विरामी हँुदा अस्पताल हुँदैन थिए । सुत्केरी त झन् घरमै हुनुपर्ने । जसरी भएनि जति दुःख भएनि घरमै जन्माउनु पर्ने । ब च् च ा जन्मिएर रोएको आवाज सुन्दा पनि के जन्मियो भन्दै सोध्ने परिवार अनि छोराकै आशामा हुन्थे सबै ।

छोरा जन्मिएपछि छ बाउलाई अबिर, माला, दुबो काँधमा बोकेर बाजागाजा बजाएर रमाईलो गर्ने । छैंठी खेल्ने गरिन्थ्यो भने छोरी जन्मिदा केहिपनि गर्दैन थिए । क स ै क ा े बिहे हुँदा पनि सबैजना जन्त जाने खेतको अ ा ल ी भ र ी लाईन लागेर भात, दाल, मासु खाने गरिन्थ्यो ।

सालको पातले बुनेको टपरीमा खाना खाने गर्थे । चाडपर्वमा माटो लिन सबै गाउँभरिका स्वास्नी मान्छेहरु जान्थे । रातो, सेतो, माटो ल्याएर घर पूरै लिप्ने गर्थे । अनि बल्ल चाडपर्व आए जस्तो लाग्थ्यो । चाडपर्वमा त नहुनेले पनि साहुसंग सापटी काढेर चामल ल्याउँथे । साहुको खेतीबालीको काम सघायो भनेपनि केहि अन्नपात र पैसा सापटी पाइन्थ्यो ।

पुरुषहरु पनि कालापाहाडबाट चाडपर्वमै फर्किन्थे । घरबाट गएपछि सम्पर्कका लागि माध्यमनै हँुदैन थियो । कहाँ गए, के गरे केहि थाहा हँुदैन थियो तर चाडपर्वमा फर्किएर आउँथे कोहि आउन नपाउनेले साथीहरुसंग खबर पैसा पठाउथे घर खर्ची भनेर । घरधन्दा बालबच्चा परिवार सबै महिलाकै काँधमा हुन्थ्यो ।

मेरो छोरी नै नहोस् भनेर प्रार्थना गर्थे

२० जना अझैं बेपत्ता, ७ हजारभन्दा बढि

मेरो छोरी नै नहोस् भनेर प्रार्थना गर्थे

पहिरो पीडितलाई राहत ढुवानी

Leave a comment

Your email address will not be published. Required fields are marked *