२० जना अझैं बेपत्ता, ७ हजारभन्दा बढि विस्थापित

पुनम वि सि
सुर्खेत,३०असोज ।
कर्णालीका विभिन्न भेगमा गत हप्ताको बुधबारदेखि आएको बाढीपहिरोमा परेका २० जना अभैm बेपत्ता छन् । दैलेख, जुम्ला, कालिकोट र डोल्पामा आएको बाढीपहिरोमा परेका नागरिकहरु अझै फेला परेका छैनन् । अविरल वर्षाका कारण गत विजयादशमीको दिनदेखि नै कर्णालीका जिल्लाहरुमा धेरै स्थानमा बाढी तथा पहिरो जान थालेको थियो ।
त्यसयता कर्णालीमा बाढीपहिरोमा परेर ३६ जनाको मृत्यु भईसकेको छ । २८ जना घाइते भएका छन भने, २० जनाका अझै बेपत्ता रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा सबैभन्दा धेरै जुम्लामा देखिन्छ । जुम्लामा बाढी पहिरोका कारण १० जनाको मृत्यु भईसकेको छ भने एक जना अझै बेपत्ता छन् ।
यसका साथै दैलेख र डोल्पामा एक–एक जना र कालिकोटमा १७ जना अझै बेपत्ता छन् । यसैगरी दैलेखमा १ जना, जाजरकोटमा तीन जना, सल्यानमा तीन जना, कालिकोटमा ६ जना, मुगुमा आठ जना, हुम्लामा चार जना र डोल्पामा एक जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

बाढीपहिरोका कारण घाईते हुनेहरुमा जाजरकोटमा एक जना, रुकुमपश्चिममा एक जना, जुम्लामा पाँच जना, कालिकोटमा १० जना, मुगुमा ५ जना र हुम्लामा ६ जना छन् । चार सय घर उच्च जोखिममा पहिरोका कारण कर्णालीमा कुल सात सय ७६ घरमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । घरको पूर्ण क्षतितर्फ जुम्लामा सबैभन्दा धेरै छ ।
जुम्लामा कुल तीन सय १६ घरमा क्षति भएको छ । यसैगरी सुर्खेतमा ९ं, दैलेखमा ४४, जाजरकोटमा ६, सल्यानमा ६४, रुकुम पश्चिममा तीन, कालिकोटमा एक सय ६५, मुगुमा एक सय ४८, हुम्लामा १७ र डोल्पामा चार वटा घरमा बाढी पहिरोका कारण पूर्ण क्षति भएको छ । यसैगरी एक हजार एक सय ६३ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
यसैगरी चार सय ४० घर पहिरोको जोखिममा रहेको कर्णाली प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार जुम्लामा मात्र सो संख्यामा घरहरु उच्च जोखिममा रहेका छन् । स्थलगत रुपमा प्रहरीको टोली परिचालन गरी क्षतिको विवरण संकलन भईरहेको उनले जनाए ।
यसबीच घरको क्षति तथा विस्थापित नागरिकको संख्या अझै बढ्नसक्ने उनले बताए । बाढीपहिरोका कारण प्रदेशभर कुल नौं सय ९९ घरधुरी विस्थापित भएका छन् । बाढीपहिरोका कारण विस्थापित हुने नागरिकको संख्यामा प्रहरीले सात हजार सात सय ६८ विस्थापित भएको तथ्यांक संकलन गरेको छ ।
बाढीपहिरोले क्षति पु¥याएका क्षेत्रमा प्रहरीले दुई हजार बढी सुरक्षाकर्मी खटाएको छ । भौगोलिक कठिनाईका कारण प्रहरीलाई तथ्यांक संकलनका लागि समेत अफ्ठ्यारो परेको छ । क्षतिको तथ्यांक संकलन भईरहेको जनाउँदै कर्णाली प्रदेश प्रहरीले विस्थापित जनासंख्या, जोखिममा रहेका घरधुरीलगायतको संख्या अझै बढ्न सक्ने आंकलन गरेको छ ।
खुल्यो कर्णाली राजमार्ग अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ । बीचमा पर्ने दैलेख खण्ड ६ दिनदेखि बन्द थियो । राजमार्ग खुलेसँगै सुर्खेतदेखि कालिकोटसम्म आजदेखि सवारीसाधन चल्न थालेका छन् ।
बुधबार राति नेपाली सेनाले राजमार्गअन्तर्गत दैलेख खण्डको आठबीस नगरपालिकाको खिड् कीज्यूलामा विस्फोटक पदार्थ प्रयोग गरेर ठूलो ढुङ्गा फोडेसँगै कालिकोटसम्मको सडक खुलेको हो । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सुरक्षा अधिकारीहरूको उपस्थितिमा विस्फोटक पदार्थ प्रयोग गरी सडक सञ्चालनमा आएको हो ।
नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरी ठूलो ढुङ्गा फुटाएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए । ‘कालिकोटसम्म सवारीसाधन चल्न मिल्ने गरी सडक खुलेको छ,’ प्रमुख साहले भने, ‘ठाउँठाउँमा पहिराले सडक बिग्रेकाले होसियारीपूर्वक सावरी चलाउनुपर्छ ।’
उनका अनुसार दैलेखका सीमानामा भएका अवरुद्ध बाटाहरु सबै खुलाइएको छ । कालिकोटदेखि जुम्ला जोड्ने सडक बाढी पहिरोले कटान गरेसँगै अवरुद्ध भएको छ । बाढीपहिरोले कालिकोट खण्डको एसमोड र सेरी घाटमा सडक अवरुद्ध भएको छ । तिला नदीले सडक कटान गरेकाले नयाँ सडक बनाउनुपर्ने अवस्था छ । थप दुई जनाको शव फेला बाढीपहिरोमा परेर कालीकोटमा १७ जना अझै बेपत्ता रहेका छन् ।
कालीकोटमा पहिरोमा परेर २३ जना बेपत्तामध्ये छ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका ध्रुवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ ।
विष्टको परिवारका पाँच जना पहिरामा पुरिएर बेपत्ता भएको तीमध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए । ‘विष्ट परिवारका चार जनाको शव भेटिएको छ’, उनले भने,’पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म छ जनाको मात्र शव भेटिएको छ ।
’ तिलागुफा नगरपालिका–४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको सूचना अधिकारी बमले जानकारी दिए । हेलिकप्टरबाट राहत वितरण बाढीपहिरोले कर्णाली राजमार्ग बन्द भएपछि बाढीपीडितलाई राहत दिन सकस भएको छ ।
बाढी पहिरोबाट प्रभावित घरपरिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत वितरण गरेको छ । जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा कर्णाली सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकप्टरबाट अत्यावश्यक सामग्री वितरण गरेको हो । नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा त्यस क्षेत्रमा केही राहत पु¥याइएको नेपाली सेनाले जानकारी दिएको छ ।
नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहत पु¥याएको हो । त्यस्तै नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिका सुन्दरीमा ४ वटा चिनियाँ पाल, ४० वटा कम्बल र एक कार्टुन डिटोल साबुन वितरण गरिएको छ ।
सिंजा गाउँपालिकामा २५ वटा त्रिपाल, २५ वटा कम्बल, २५ वटा प्लाष्टिक पाल पु¥याइएको छ । हिमा गाउँपालिकामा २५ वटा कम्बल, २५ त्रिपाल र १ कार्टुन डिटोल साबुन दिइएको छ । त्यसैगरी असोज २७ गते हिमा गाउँपालिकामा ६० वटा त्रिपाल, एक सयवटा कम्बल, एक सय पाल, एक कार्टुन डिटोल साबुन पु¥याइएको छ ।
हेलिकप्टरले गते २४ गते कनकासुन्दरी र हिमाका घाइतेको उद्धार गरेको जानकारी दिइएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले अनुसार शुक्रबार पनि हिमा र सिंजामा हेलिकप्टरले राहत पु¥याएको छ । उनले भने, ‘कर्णाली प्रदेश सरकारको सहयोगमा खाद्यान्न ल्याइएको छ ।’
प्रजिअ केसरीले कति संख्यामा वितरण भयो भन्ने यकिन आउन विवरण बाँकी रहेको बताए । त्यस्तै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले निरन्तरको प्रयासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका ७ वटा वडामध्ये ४, ५, ६ र ७ का लागि हिजो २५ गते कालिकाखेत्तुमा र असोज २८ गते शुक्रबार १, २ र ३ नं. वडाका लागि देवारगाउँ टापुमा हेलिकप्टरद्वारा राहत सामग्री उपलब्ध गराइएको बताए । गत असोज १९ गतेबाट २५ गतेसम्म परेको अविरल वर्षाले हिमा गाउँपालिकामा ३८६ घर पूर्ण क्षति भएको गाउँपालिकाले जानकारी दिएको छ ।
यसैगरी सिंजा गाउँपालिकामा ५१ घर क्षतिग्रस्त भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । त्यस्तै यता कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पहिरोले८ जनाको मृत्यु भएको र घरको क्षति भएको तथ्यांक संकलन भएको बताए ।
उद्वार र राहततर्फ सक्रियता
कर्णालीका बाढीपहिरो ग्रस्त क्षेत्रबाट घाइते नागरिकहरुलाई उद्धार गर्दे उपचारका लागि प्रदेश अस्पताल, शिक्षण अस्पताल, कोहलपुरलगायतका स्वास्थ्य संस्थामा पु¥याइएका छन् । गत हप्ताको शनिबारदेखि नेपाली सेनाको हेलिकप्टर मार्फत बाढी पहिरोमा घाइते भएका १२ जनालाई उद्धार गरी स्वास्थ्य संस्थामा पु¥याइएको प्रहरीले जनाएको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाबाट दुई जना, सिँजा गाउँपालिकाबाट एक जना, कालिकोटको तिलागुफा नगरपालिकाबाट दुई जना, पचालझरना गाउँपालिकाबाट एक जना, शुभकालिका गाउँपालिकाबाट एक जना, सान्नीत्रिवेणी गाउँपालिकाबाट एक जना र हुम्लाको चंखेली गाउँपालिकाबाट चार जना घाईतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्वार गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी मंगलबारदेखि कर्णाली प्रदेश सरकाले बाढीपहिरोले क्षति पु¥याएका क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामाग्री पठाएको छ । हालसम्म कालिकोट, हुम्ला, जुम्ला र मुगुका क्षेत्रमा राहत सामाग्री वितरण भईरहेको आन्तिरिक मामिला तथा कानुन मन्त्रालयका विपदु व्यवस्थापन शाखा अधिकृत कृष्णबहादुर रोकायाले जानकारी दिए ।
ठाउँ–ठाउँमा पहिरो
दैलेखको आठवीस नगरपालिका–४ स्थित खिड्कीज्युला सडक क्षेत्रमा नेपाली सेनाको टोली सडक अवरुद्व हटाउनका लागि ‘विष्फोटक पदार्थ’को समेत प्रयोग गरेको छ । सडक सुचारु गराउनका लािग ढुंगा फुटाउन सेनाले चार पटक ढुंगामा फिस्फोट गराएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
यसका साथै सो क्षेत्रमा दुई वटा जेसीभीलाई समेत पहिरो पन्छाउनका लागि प्रयोग गरिएको प्रहरीले जनाएको छ । दैलेखको दुल्लु नगरपालिका स्थित दरबारेभिरमा ८० मिटर वैकल्पिक सडक निर्माण गरी सवारी आगमनलाई सुचारु गरिएको छ ।
द ै ल े ख क ा े अ ा ठ व ी स नगरपालिका–१ रामाघाट, जुम्लाको तिला गाउँपालिका–१ गाडगडेनी क्षेत्र, कालिकोटको खाँडाचक्र नगरपालिका–१ सुनारखोलालगायत मुगुको छाँयानाथ रारा नगरपालिका–२ स्थित अनुसाटप क्षेत्रका सडक खण्डमा हाल पहिरो हटाउने काम भईरहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।






