पहिरो पीडितलाई राहत ढुवानी

हुम्ला, ३० असोज ।
जिल्लाका दक्षिणी क्षेत्रका बाढीपहिरोपीडितलाई हेलिकोप्टरमार्फत राहत पु–याइएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा बाढीपीडितलाई वितरण गर्न सम्बन्धित गाउँपालिकामा राहत सामग्री पु–याइएको हो ।

ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले पहिरोपीडितलाई वितरण गर्न राहत सामग्री हेलिकोप्टरमार्फत ल्याइएको जानकारी दिए । ताँजाकोट गाउँपालिकाले पहिरोले घर भत्किएकालाई स्थानीय स्तरमा त्रिपाल दिएर सहयोग गरेको छ ।

राहत सामग्रीमा त्रिपाल, भाँडाकुडा, खाद्यान्न र लत्ताकपडा रहेको जनाइएको छ । चङ्खेली र सर्केगार्ड गाउँपालिका–१ को नात्ता र ८ को राहदेव गाउँका पहिरोपीडितलाई वितरण गर्न हेलिकोप्टरबाटै राहत सामग्री ढुवानी गरिएको जनाइएको छ । पहिरोमा परी हुुम्लामा छ जनाको मृत्युु भएको थियो ।

गोरखापत्र

पहिरो पीडितलाई राहत ढुवानी

मेरो छोरी नै नहोस् भनेर प्रार्थना गर्थे

पहिरो पीडितलाई राहत ढुवानी

पोखरामा प्याराग्लाइडिङबाट खसेर बिते सेनाका खेलाडी

Leave a comment

Your email address will not be published. Required fields are marked *