कर्णालीमा ‘स्वतन्त्रको लहर : देलान् त हेभिवेटहरुलाई टक्कर ?
सिर्जना बुढाथोकि
सुर्खेत,२९ असोज ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाण्डौंमा बालेन साह, धनगढीमा गोपी हमाल र धरानमा हर्क साम्पाङ् लगायत अन्य केहि स्थानमा स्वतन्त्र उम्मेदवारहरुले अनपेक्षित रुपमा जितेपछि चुनावी अखडामा उत्रिने स्वतन्त्रहरुको लर्को लामै देखिन्छ ।
उम्मेदवारी दर्तामा देशभरीको ट्रेण्ड हेर्ने हो भने विभिन्न पेशा क्षेत्रमा लामो समय खर्चिएर पहिचान बनाएका रवि लामिछानेलगायतका युवा र फ्रेश अनुहारहरु चुनावी अखडामा उत्रिएका छन् । अरु कतिपय भने लामो समय पार्टीमा आपूmले सक्रियतापूर्व योगदान दिंदा दिंदै पनि पार्टीले टिकट नदिएको झोंकमा ‘स्वतन्त्र’ उम्मेदवारी दिएर चुनाव लड्न कस्सिनेपनि छन् ।
पार्टीबाट विद्रोह गरी उम्मेदवारी दिनेलाई राजनीतिक भाषामा बागी भनिएपनि चुनावी प्रक्रियामा उनीहरु अलगै चुनाव चिन्ह लिएर स्वतन्त्रको हैंसियतमा लड्ने गर्छन् । कर्णालीका १० जिल्लाका गरी जम्मा १२ सिट रहेको प्रतिनिधिसभा निर्वाचनका लागि दलगतसहित ७४ जना उम्मेदवार चुनावी कसौटीमा उत्रिंदा ११ जना ‘स्वतन्त्र’ उम्मेदवारपनि चुनावी अखडामा उत्रिएका छन् ।
सल्यान, मुगु, कालिकोट दैलेखमा समान दुई दुई जना र डोल्पा, जुम्ला, जाजरकोटमा एक एक जनाले ‘स्वतन्त्र’ तर्फ उम्मेदवारी दर्ता गराएका छन् । सल्यानमा जुद्धबहादुर सिंह र राजेन्द्रबहादुर शाह, डोल्पामा वीरबहादुर रोकाय, मुगुमा कृष्णबहादुर सेंजवाल र भीमचन्द्र हमाल, जुम्लामा डा. कलबहादुर रोकाय प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बनेका छन ।
यसैगरी जाजरकोटमा नरबहादुर कार्की तथा दैलेखमा निरखबहादुर थापा र गोपाल नेपालीले पनि स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा मात्र हैन जम्मा २४ सिट रहेको कर्णालीको प्रदेशसभाका लागि दलगत र स्वतन्त्रसहित १ सय १६ ले उम्मेदवारी दिएका छन् ।
तीमध्ये १६जना स्वतन्त्र उम्मेदवार बनेका छन । सुर्खेतमा दीपेन्द्रनाथ योगी, देवबहादर चन्द, रामप्रसाद भुषाल, दैलेखबाट पुरुषोत्तम रिजाल, टेकबहादुर खाँण, चित्रबहादुर क्षेत्री, जाजरकोटमा कमानबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी हालेका छन् ।
जाजरकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका खड्का पहिला एमालेमा रहेपनि यसअघि चुनावी उम्मेदवार बन्न नपाएका कारण पार्टी विभाजपछि नेकपा एकिकृत समाजवादीमा थिए । यसैगरी स्वतन्त्र उम्मेदारी दिनेमा हुम्लाका मगलबहादुर शाही, कालिकोटका लक्ष्मण बम, जुम्लाका धनबहादुर वस्नेत, देवेन्द्र शाही, मुगुका जगतबहादुर धामी र मानबहादुर ऐडी पनि स्वतन्त्र उम्मेदवार बनेका छन् ।
सल्यानमा भने निर्मल सिंह, तुले सुनार र रमेश बुढाथोकी स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी प्रतिष्पर्धामा होमिएका छन् । स्वतन्त्र उम्मेदवारीः बाध्यता कि लहडवाजी पार्टीबाट आधिकारिक उम्मेदवार बन्ने अवसर नपाएपछि दैलेखका कांग्रेस महाधिवेशन प्रतिनिधि एवं पूर्व शिक्षा राज्यमन्त्री शाह एवं कालिकोटका पत्रकार पृष्ठभूमिका बरालले आपूmहरु बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनपरेको बताउँछन् ।
आपूm २०४५ सालदेखि पार्टीको इमान्दार सिपाही भएर लाग्दा लाग्दैपनि पार्टीबाटै अन्यायपूर्ण व्यवहार भएकाले बाध्यतात्मक अवस्थाले स्वतन्त्रमा उम्मेदवारी दिनपरेको बरालको तर्क छ । ‘जहिलेपनि पुरानै मान्छे दोहो¥याउने, नयाँलाई अवसरै नदिने तानाशाही प्रवृतिविरुद्ध मैले असहमति जनाएको हो ।’ उनले भने, ‘यो मेरो व्यक्तिगत मात्र होइन आमजनता र कार्यकर्ताको आवाजपनि हो ।’
स्वतन्त्रमा लड्दै गर्दा चुनाव जित्ने आधार बारेको जिज्ञासामा उनले धेरै भूँई मान्छेको आवाजको आपूmले प्रतिनिधित्व गर्ने र स्थानीय हिमचुली कृषि सहकारी संस्थामा संगठित १४ हजार सदस्य आप्mनो व्यक्तिगत मतको बलियो आधार रहेको उनले जिकिर गरे । जाजरकोटबाट प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी दिएका नरबहादुर कार्की भने जीवन रुपान्तरणका लागि अन्तर्र ाष्ट्रियस्तरका प्रशिक्षक हुन ।
बौद्धिक युवा मानिने कार्कीको संलग्नता र झुकाव केहि अघिसम्म नेत्र विक्रम चन्द नेतृत्वको माओवादीप्रति भएपनि उनी अहिले स्वतन्त्र उम्मेदवारका रुपमा माओवादीका शक्ति बस्नेतसंग भीड्ने तयारीमा छन् । पार्टीसंगको रिस फेर्नका लागिमात्र नभई पार्टी र नेताहरुका विगतका गल्ति कमजोरीका कारण आम मतदातामा रहेको वितृष्णालाई आपूmतिर आकर्षित गर्नसकिने बुझाइका कारण स्वतन्त्रमा उम्मेदवारी दिनेपनि छन् ।
सल्यानबाट स्वतन्त्रमा चुनाव लडेका जुद्धबहादुर सिंहको योजना र तयारी पनि यस्तै छ । परिवार, नातागोता, कार्यकर्ता आसेपासेको चंगुलमा फसेका कारण दलीय उम्मेदवारहरुले भोट नपाउने उनको जिकिर छ । ‘पुरानै शैली र कामको मूल्याकंनका हिसाबले अब पुराना अनि ठूला भनिएका पार्टीका कार्यकर्ताले नै भोट दलका उम्मेदवारलाई भोट हाल्दैनन् ।’ सिंहले भने जनता आजित भैसके उनीहरुको शैली देखेर ।’
आपूmले जितेको अवस्थामा १५ वर्षदेखि बन्न नसकेको राप्ति राजर्मागलाई पूरा गर्ने एउटा मात्र मुख्य उद्देश्य रहेको बताउँदै सिंहले त्यसपछि स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारी जस्ता समस्या समाधान गरेर सल्यानलाई समृद्ध बनाउने योजना आपूmसंग रहेकाले पक्का जित्ने दाबी गर्नसमेत छुटाएनन समेत गरे ।
पुराना दल र पुरानै नेताप्रति आममतदातामा उर्लिएको आक्रोश र असन्तुष्टिको भेलकै कारण आप्mनो डुंगापनि पार लागिहाल्ने बुझाईमा छन दैलेखका स्वतन्त्र उम्मेदवार निरकबहादुर थापा पनि । ‘देशमा भैरहेका अन्याय, अत्याचार र भ्रष्टाचारमुक्त समाज सिर्जना गर्ने मेरो अभिलाषा हो ।’ पुराना दल र नेतादेखि नागरिक अघाइसकेको टिप्पणी गर्दै उनले भने, ‘नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गरेर विकासमा फड्को मार्ने चाहना राखेकाले मैले उम्मेदवारी दिएको हो ।
स्वतन्त्रको सम्भावना कति ?
हुन त राजनीति भनेकै सम्भावनाको खेल हो भनिन्छ । कुनै संगठित समूह र शक्ति नभएका, राजनीतिमा बिल्कुलै नयाँ युवाहरुले स्थानीय तह निर्वाचनमा परम्परागत दलका पुराना उम्मेदवारहरुलाई सहजै पन्छाउँदा चुनाव र राजनीतिमा जे सुकै हुनसक्ने वास्तविकतालाई नकार्न सकिन्न ।
नेपालमा चुनाव जित्नका लागि परिचालन गर्नका लागि या त बलियो संगठन र दरिलो जनाधार हुनुपर्यो या त पानीसरी बगाउनका लागि रुपैयाँसहितको श्रोतसाधन । यत्ति सामथ्र्य नभएको व्यक्तिले स्वतन्त्रमा चुनाव लड्दैमा जित्न सकिने अवस्था र सम्भावना देख्दैनन राजनीतिक विश्लेषक अर्जुनबहादुर अएडी ।
‘बलियो नेटवर्क बनाएको एकदमै फेमश फेस हुनुपर्यो र गज्जबका एजेण्डा हुनुपर्यो नत्र स्वतन्त्रको यो अवस्थाले कर्णालीमा जित्ने आधार र सम्भावना नै छैन् ।’ उनी भन्छन, ‘स्थानीय तह निर्वाचनमा जुन हावा चलेको थियो स्वतन्त्रको त्यसैको हावा अहिलेपनि निर्वाचनमा चलेको मात्र हो ।’
अएडीकै विचारमा सहमति जनाउँछन अर्का विश्लेषक पीताम्बर ढकालपनि । कुनै न कुनै विचार, सिद्धान्तमा लागेर कुनै न कुनै पार्टीसंग सम्बन्धित नभएका बाहेकको मतदाता संख्या नगण्य रहेकाले स्वतन्त्र उम्मेदवारले जितिहाल्ने सम्भावना आपूmले पनि नदेखेको उनले टिप्पणी गरे ।
बहुदलीय व्यवस्थादेखि गणतान्त्रिक व्यवस्थासम्म आईपुग्दापनि केहि दल र सरकारप्रति असन्तुष्ट बनेकाहरुको विचार बुझेर स्वतन्त्रहरु सल्बलाएपनि मतदाताको आक्रोश र असन्तुष्टिपनि चुनाव नजिकिएसंगै मत्थर हुँदै जाने उनले दाबी गरे । ‘काठमाडौंको जस्तो युवा वातावरण सबै जिल्लामा छैन ।’ ढकालले थपे, ‘राजनीतिक दललाई सबक सिकाऔं भन्ने सोच सबैमा भयो भने त स्वतन्त्रको सम्भावना हो नत्र छैन । कर्णालीमा त झन सम्भावना नै देख्दिनँ ।’





