शहरको फेसनले चाडवाडमा पहिरन हरायो

घनश्याम राना

सुर्खेत,२९ असोज ।

मनका रोगिहरु उपचारको तलासमा छन,
याद पठाएर बाच्नेहरु आसपासमा छन ।

हत्केलाले सुर्य छेक्छु भन्नेहरु पनि मूर्ख हुन ,
सत्यको ढोका अगाडि सब बकवासमा छन।

बेहोसी छन यी पाइलाहरु समयसंग अझै,
खरायो भन्दा कछुवाको बिश्वासमा छन।

शहरको फेसनले चाडवाडमा पहिरन हरायो,
गाउँमा दिदिबहिनी यहि सोचेर निरासमा छन।

आफुलाई खुसी राख्न ऐनासंग झुट बोल्छन्,
पीडा लुकाई हास्नेहरु अझै अभ्यासमा छन।

शहरको फेसनले चाडवाडमा पहिरन हरायो

विद्यार्थी र बिरामी लिएर फर्कियो जुम्लाबाट सेनाको

कर्णालीमा ‘स्वतन्त्रको लहर : देलान् त हेभिवेटहरुलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *