विद्यार्थी र बिरामी लिएर फर्कियो जुम्लाबाट सेनाको हेलिकप्टर

जुम्ला, २९ असोज ।

अविरल वर्षाका कारण सडक मार्गमा पहिरो र जहाजको अनियमितता भएपछि जुम्ला सदरमुकाम खलंगामै थन्किएका विद्यार्थी र बिरामी लिएर नेपाली सेनाको हेलिकप्टर फर्किएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार परीक्षामा सामेल हुनु पर्ने विद्यार्थी र टिकट पाए पनि जान नपाएका बिरामीलाई सेनाको हेलिकप्टरले लगेको हो । नन्दा बक्सगणका गणपति रविन थापाले परिक्षा छुट्न लागेका विद्यार्थी पठाएको बताए ।

गणपति थापाले भने,‘बाढी र पहिरोले सडक क्षतविक्षत छ । जहाजको नियमितता छैन । यो अवस्थामा कि परीक्षा छुटाउनु पर्ने कि त कुनै वैकल्पिक उपाय अपनाएर पठाउनु पर्ने अवस्था थियो । हेलिकप्टर लिएर गएपछि निकै ठूलो राहत मिलेको छ । ’

एक सातादेखि विद्यार्थीहरु विमानस्थलमा टिकटका लागि लाइनमा बसेका थिए । उनीहरुले सहजै रुपमा टिकट नपाउने भएपछि परीक्षामा सहभागी हुने वातावरण बनाइदिन स्थानीय प्रशासनसमक्ष माग गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जहाज ल्याउन अधिकतम पहल गर्दा पनि नआउने भएपछि सेनाको हेलिकप्टरमा विद्यार्थी र बिरामी पठाएको बताए । उनले भने,‘विद्यार्थीले परीक्षा दिन पाउने भए । बिरामीले उपचार गराउन पाउने भए यसैमा खुसी मिलेको छ ।

सेनाको हेलिकप्टर जुम्लाको हिमा गाउँपालिकामा बाढीपहिरोले क्षति बेहोरेका नागरिकका लागि राहत सामग्री ल्याएर आएको थियो । गत साता अविरल वर्षासँगै आएको बाढीपहिरोले कर्णाली राजमार्ग ठप्प छ । जहाज सबै पर्यटक बोक्न पूर्वतिर हिँडेकोले नियमित उडान हुन सकेको छैन । यदि उडान भइहालेको खण्डमा पनि पहुँचवालामात्रै उड्न पाउने भएकोले विद्यार्थीहरु र बिरामीलाई हेलिकप्टरमा पठाइएको हो ।

विद्यार्थी र बिरामी लिएर फर्कियो जुम्लाबाट सेनाको हेलिकप्टर

राउटेले पाए दशैंअघिको भत्ता

विद्यार्थी र बिरामी लिएर फर्कियो जुम्लाबाट सेनाको हेलिकप्टर

शहरको फेसनले चाडवाडमा पहिरन हरायो

Leave a comment

Your email address will not be published. Required fields are marked *