बाढिले कल्भड बगायो

प्रचण्ड खत्री रुकुम पश्चिम,२५ साउन ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ र ९ को बिचमा रहेको बडगाई खोलामा रहेको कल्भड बाढिले बगाएको छ ।
आज राती आएको बाढिले उक्त कल्भड बगाएको स्थानिय बालाराम देबकोटाको भनाई छ । कल्भड बगाउँदा आवातजावातमा समस्या भएको छ । कल्भड नै बगाउँदा साना २ पाङ्ग्रे सवारी साधन भने झोलुङ्गे पुलबाट आवातजावत गर्न बाध्य भएको स्थानीयको भनाई छ ।
२०७४ सालमा उपभोक्ता समिती मार्फत कल्भड निर्माण भएको थियो । बाफिकोट गाउँपालिकाको १५ लाखको बजेट बाट निर्माब गरिएको थियो । पाँच बर्ष नपुग्दै उक्त कन्भड बाडिले बगाएको छ ।






