लोदे का ५ जना विद्यार्थीमा कोरोना संक्रमण

दिलिप ढकाल                                                      सुर्खेत,२४ साउन ।

मौसम परिबर्तन हुदै गर्दा पछिल्लो समयमा रुघा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने लगाएत विभिन्न समस्या हरु देखा पर्न थालेका छन्। यी र यस्ता लक्षण हरु कोभिड सँग मिल्दो जुल्दो लक्षण हुने हुदा चेक जाच गर्ने क्रम पनि दैनिक बढिरहेको छ र दैनिक रुपमा कोभिड संक्रमित हुनेको सङ्ख्या पनि वृद्धि  भईरहेको छ। यस्तै लक्षण देखिएका पुर्बी सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ८ लोदे स्थित श्री नेपाल रास्ट्रीय माध्यमिक बिद्यालयका २० जना विद्यार्थीमा गरिएको कोरोना परिक्षणमा ५ जना विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको छ।


बिद्यालयमा अध्यनरत विद्यार्थीमा संकास्पद लक्षण देखिएपछि चेक जाच गर्दा विद्यार्थीमा कोरोना पोजेटिभ देखेको बिद्यालयका प्रधानाध्यापक भानु प्रसाद शर्माले जानकारी दिए । संक्रमित विद्यार्थीहरूको अवस्था सामान्य रहेको र बिद्यार्थी लाई होम आईसोलेसन मा बस्न सुझाब दीइएको तथा सन्चो भएपछी पूण:बिद्यालय आउन समेत आग्रह गरिएको प्रधानाध्यापक शर्माले जानकारी दिए ।  साथै उनले  सम्पूर्ण अभिभावकहरू र विद्यार्थीहरूलाइ सजग रही सुरक्षाका मापदण्ड अपनाउन, मास्क र स्यानीटाइजरको प्रयोग गर्न समेत अाग्रह गरेका छ्न ।

लोदे का ५ जना विद्यार्थीमा कोरोना संक्रमण

माबि लोदे का ५ जना विद्यार्थीमा कोरोना

लोदे का ५ जना विद्यार्थीमा कोरोना संक्रमण

बाढिले कल्भड बगायो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!