२०८३ मंसिर ११ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

८३  को ट्रेलर सार्वजनिक, यस्तो देखिए कपिल देव बनेका रणवीर

काठमाडौंः बलिउड फिल्म ८३ को ट्रेलर सार्वजनिक भएको छ  । कबिर खानको निर्देशनमा बनेको फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

सन् १९८३ को क्रिकेट वर्ल्ड कपको कथामा आधारित फिल्म तत्कालीन भारतीय कप्तान कपिल देवलाई केन्द्रीय पात्र बनाएर तयार पारिएको छ । फिल्ममा रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा रणवीरबाहेक दीपिका पादुकोण, पंकज त्रिपाठी, ताहिर राज भासिन, जिवा, साकिव सलिम, चिराग पटेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सन् १९८३ मा भएको क्रिकेट वर्ल्ड कपको फाइनलमा वेस्ट इन्डिजलाई हराउँदै भारत पहिलो पटक विश्व विजेता बनेको थियो। सन् २०२० को अप्रिलमै प्रदर्शनमा ल्याउने तयारी भएको फिल्म कोरोनाका कारण रोकिएको थियो । त्यसपछि पनि फिल्मको मिति तीन पटक सारिएको थियो । कोरोनाको पहिलो र दोस्रो दुवै लहरले प्रभावित बनेको ८३ अब २४ डिसेम्बरदेखि प्रदर्शन गर्ने तयारी निर्माण टोलीले गर्दै छ । ​

८३  को ट्रेलर सार्वजनिक, यस्तो देखिए कपिल देव बनेका रणवीर

फिल्म ‘फिदा’ को छायांकन सुरु

८३  को ट्रेलर सार्वजनिक, यस्तो देखिए कपिल देव बनेका रणवीर

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समिति दोस्रो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!