प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समिति दोस्रो अधिबेशन सुरु

प्रचण्ड खत्री, सुर्खेत : प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको दोस्रो अधिबेशन सुरु भएको छ । नेकपा माओबादी केन्द्र स्थाई कमिटी सदस्य कर्णाली प्रदेश ईन्चार्ज तथा पुर्ब गृहमन्त्री शक्ति बहादुर बस्नेतले पानसमा बत्ती बालेर कार्यक्रमको उत्घाटन गर्नुभएको छ ।
कार्यक्रममा सहभागी हुन १० वटै जिल्लाबाट प्रतिनिधिको सहभागी रहेको छ । प्रेस सेन्टर कर्णाली प्रदेश संयोजक प्रतीक ईक्छुक शर्माको अध्यक्षतामा भएको उत्घाटन कार्यक्रम पुर्ब गृहमन्त्री बस्नेतको प्रमुख आतित्यता रहेको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष राजकुमार शर्मा , सचिब रामदिप आचार्य ,प्रेस सेन्टर नेपालका केन्द्रिय कार्यलय सदस्य सचिन रोका , लक्ष्मि पुन , धुर्बबिग्रम बुढाथोकी , समाजबादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष दुर्गा थापा , प्रेस युनियनका प्रतिनिधि कृष्ण प्रसाद गौतम , नेपाल पत्रकार महासङ्गका प्रदेश महासचिव खगेन्द्र भट्टराई कार्यक्रमको सन्चालन आयोजक समिती सदस्य गनेश शेर्पालिले गर्नुभएको थियो ।


