एमाले महाधिवेशन :१ बजेपछि मतगणना, गणना सुरू भएको २ घण्टामा परिणाम

सौराहामा जारी नेकपा (एमाले)को १० औं महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरू हुने भएको छ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिए।

बिहान ११ बजे मतदान सकिएपछि केही बेरअगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै दाहालले मतगणना सुरू गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए।

निर्वाचन समितिका पदाधिकारीले केहीबेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ।

कबलष्mबभखभचथनजबच दयह बम द्दलmद
एक पटकमा ६९ जनाले भोटिङ सेसनमार्फत भोट हालेका थिए।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्। अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

एमाले महाधिवेशन :१ बजेपछि मतगणना, गणना सुरू भएको २ घण्टामा परिणाम

इजरायल रोजगारीका लागि छनोट भएकाहरूलाई विभागले गर्‍यो

एमाले महाधिवेशन :१ बजेपछि मतगणना, गणना सुरू भएको २ घण्टामा परिणाम

दैलेखमा भिरबाट लडेर एक वृद्धाको ज्यान गयो

Leave a comment

Your email address will not be published. Required fields are marked *