इजरायल रोजगारीका लागि छनोट भएकाहरूलाई विभागले गर्‍यो खोपको व्यवस्था

काठमाण्डौ : इजरायल रोजगारीका छनोट भएकाहरूले काठमाण्डौका विभिन्न ५ अस्पतालहरूमा कोरोना विरुद्धको खोप लगाउन सक्ने भएका छन् ।

काठमाण्डौको वीर अस्पताल, निजामती सेवा अस्पताल मिनभवन, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी वल अस्पताल बलम्बु खोप लगाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यी केन्द्रहरूमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्छ ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि पीआईबिए द्वारा छनोट भएका र कोरोना विरुद्धको खोप लगाउन बाँकी उम्मेदवारहरूलाई खोप लगाउनका लागि विभागले अनुरोध समेत गरेको छ ।

इजरायल रोजगारीका लागि छनोट भएकाहरूलाई विभागले गर्‍यो खोपको व्यवस्था

नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव : पश्चिमी क्षेत्रमा

इजरायल रोजगारीका लागि छनोट भएकाहरूलाई विभागले गर्‍यो खोपको व्यवस्था

एमाले महाधिवेशन :१ बजेपछि मतगणना, गणना सुरू

Leave a comment

Your email address will not be published. Required fields are marked *