अष्ट्रेलियामा भेटियो कोरोनाको डेल्टा भाइरस

एजेन्सी । अष्ट्रेलियामा कोरोनाको डेल्टा भेरियन्ट फैलिन थालेको छ। कोरोना भाइरसको अत्यन्त संक्रामक मानिएको यो भाइरसका विरामीको संख्या १ सय २८ पुगेको छ।

अस्ट्रेलियाको उत्तरी क्षेत्र, क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा प्रकोप देखा परेको छ। अन्य भागहरूमा सङ्क्रमण पुष्टि हुने क्रम जारी छ।

अस्ट्रेलियाका विभिन्न भागहरूमा महिनौँ यता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। यसबारेमा सङ्घीय र राज्य सरकारहरूले सोमवार पछिल्लो अवस्थाबारे आपतकालीन छलफल गर्दै छन्।

कोभिड सङ्क्रमणको बढ्दो घटनाहरूका कारण सिड्नीका विभिन्न शहरहरूमा लकडाउन लागु गरिएको छ। महामारी भर कडा प्रतिबन्धात्मक व्यवस्था, क्वारन्टिन, तीव्र गतिमा परीक्षण अनि कन्ट्याक्ट ट्रेसिङ र सीमा बन्द गर्ने लगायतका नीतिका कारण अस्ट्रेलियामा कोरोनाभाइरस सङ्क्रमितको दर निकै कम छ।

यो वर्ष त्यहाँ कोरोनाभाइरसका कारण कसैको पनि मृत्यु भएको छैन। हालसम्म अस्ट्रेलियामा कोभिडसम्बन्धी रोगका कारण ९ सय १० जनाको मृत्यु भएको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या ३० हजार ४ सय ५० छ।

अष्ट्रेलियामा भेटियो कोरोनाको डेल्टा भाइरस

आतंककारीको आक्रमणमा प्रहरी दम्पतीको मृत्यु

अष्ट्रेलियामा भेटियो कोरोनाको डेल्टा भाइरस

तातो हावाले अमेरिका र क्यानडाको जनजीवन प्रभावित

Leave a comment

Your email address will not be published. Required fields are marked *