तातो हावाले अमेरिका र क्यानडाको जनजीवन प्रभावित

एजेन्सी । उत्तर पश्चिम अमेरिका र क्यानडाका विभिन्न क्षेत्रमा अत्याधिक तातो हावाको कारण जनजीवन अस्तव्यस्त भएको छ।

तातो हावाका कारण क्यालिफोर्निया र ओहायो राज्य पनि प्रभावित भएको छ। राजधानी वासिङ्गटन र ओरेगन राज्यमा तापमान ५० डिग्री सेल्सियस जान सक्ने चेतावनी दिइएको छ।

सियाटलमा ३८ डिग्री सेल्सियस मापन गरिएको छ। ओरेगनको केही शहरमा तातो हावाले ज्यानै जान सक्ने भन्दै स्थानीयलाई सचेत रहेन आग्रह गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

केही शहरमा चिसोका लागि कुलिङ सेन्टरहरु समेत खोलिएको छ। अमेरिकी राष्ट्रिय मौसम सर्भिसले तापमानलले नयाँ रेकर्ड कायम गर्ने प्रक्षेपण गरेको छ।

क्यानडा, ब्रिटिस कोलम्बियामा शनिवार तापमान ४३ डिग्री सेल्सियसमाथि मापन गरिएको थियो।

तातो हावाले अमेरिका र क्यानडाको जनजीवन प्रभावित

अष्ट्रेलियामा भेटियो कोरोनाको डेल्टा भाइरस

तातो हावाले अमेरिका र क्यानडाको जनजीवन प्रभावित

कर्णालीमा मंगलबार सार्वजनिक बिदा

Leave a comment

Your email address will not be published. Required fields are marked *