आतंककारीको आक्रमणमा प्रहरी दम्पतीको मृत्यु

एजेन्सी । भारतको जम्मु–कश्मीरस्थित पलुवामा जिल्लामा आतंककारीको आक्रमणमा एक विशेष प्रहरी अधिकारी एसपीओ र उनकी श्रीमतीको मृत्यु भएको छ।
घटनामा उनीहरुकी छोरी घाइते भएको जनाइएको छ।

अधिकारीहरुका अनुसार जिल्लाको अवन्तीपोरास्थित हरिपरिगाममा राति करिब ११ बजे आतंककारीहरुको समूह एसपीओ फैयाज अहमदको घरमा घुसेर गोली चलाएको थियो।

घटनामा गम्भीर घाइते भएका एसपीओ दम्पतीको अस्पतालमा मृत्यु भएको हो। कश्मीर जोन प्रहरीले ट्विटरमार्फत् घटनाबारे जानकारी गराएको छ। घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ। अघिल्लो रात जम्मु कश्मीरको जम्मु विमानस्थलमा दुईवटा शक्तिशाली विस्फोट भएको थियो।

इन्डियन एयरफोर्सको स्टेशनसमेत रहेको क्षेत्रमा दुईवटा शक्तिशाली विस्फोट भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। भारतमा पहिलो पटक सैन्य एयरफोर्स केन्द्रमा विस्फोट भएको अधिकारीहरुले जनाएका छन्।

आतंककारीको आक्रमणमा प्रहरी दम्पतीको मृत्यु

सरकारी पक्षको बहस नोट : विश्वासको मत

आतंककारीको आक्रमणमा प्रहरी दम्पतीको मृत्यु

अष्ट्रेलियामा भेटियो कोरोनाको डेल्टा भाइरस

Leave a comment

Your email address will not be published. Required fields are marked *