सरसफाइका लागि ‘साझा अभियान’

सुर्खेत, १६ फागुन ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली शहरको रुपमा विकास गर्न युवाहरुले ‘साझा अभियान’ थालेका छन् । जिल्लास्थित विभिन्न संघ–संस्था, राजनीतिक दलका भातृ संगठन, विश्वविद्यालयका विद्यार्थी र अभियन्ताहरुले वीरेन्द्रनगरको सरसफाइमा साझा प्रतिवद्धता जनाएका हुन् । 

अभियानअन्तर्गत शनिबार वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकारले निर्माण गरेको घण्टाघर क्वारेन्टिन क्षेत्र सरसफाइ गरिएको छ । प्रदेश सरकारले क्वारेन्टिन हटाएको दुई महिना बित्दा पनि उक्त क्षेत्रको सरसफाइ हुन सकेको थिएन । फोहोर उठाउने युवाहरुले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरेका छन् । फोहोर उठाउने

काममा वीरेन्द्रनगर नगरपालिकाले पनि सहयोग गरेको साझा अभियानका संयोजक अनिल ढकालले बताए । प्रदेश राजधानी वीरेन्द्रनगरलाई सुन्दर र हरियाली सहरको परिचय दिन सरसफाइ अभियान थालिएको संयोजक ढकालले जानकारी दिए । ‘वीरेन्द्रनगरको जनसंख्या तीव्र रुपमा बढ्दै जाँदा शहर फोहोर बन्दैछ । केही

अभियान त थालिए तर, प्रभावकारी हुन सकेन्,’ संयोजक ढकालले भने, ‘त्यसैले साझा अभियान सुरु ग¥यौ,’ हामी सबैको संयुक्त प्रयासबाट वीरेन्द्रनगरलाई सुन्दर शहरको परिचय दिन चाहन्छौं ।’ तीन वर्षदेखि वीरेन्द्रनगरमा ‘क्लिन सुर्खेत, ग्रीन सुर्खेत’

अभियान सञ्चालन गर्दै आएका डा. नवराज केसीले भने बाहिर देखिने फाहोर मात्र नभई फोहोरी मानसिकतालाई पनि सफा गर्नुपर्ने बताए ।

सरसफाइका लागि ‘साझा अभियान’

‘संघर्षमय जीवनको माया मिठो हुने रहेछ’

सरसफाइका लागि ‘साझा अभियान’

गोठालालाई मासिक भत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *