गोठालालाई मासिक भत्ता

कालिकोट, १६ फागुन ।

पचालझरना गाउँपालिकाले ‘गोठालो भत्ता’ लैजान कृषकहरुलाई अनुरोध गरेको छ । गाउँपालिका पशुसेवा शाखाले नियमित रुपमा प्रोत्सान भत्ता पाइरहेका र नंयाँ भेडा–बाख्रा पालन गरिरहेका किसानलाई आवश्यक कागजात पेश गरेर भत्ता लैजान सूचना जारी गरेको हो । गाउँपालिकाले गत वर्षदेखि पालिकाभित्रका भेडा–बाख्रा पाल्ने 

कृषकलाई प्रात्सान भत्ता दिने निर्णय गरको हो । गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउँदै कृषकहरुको आयस्तर वृद्धि गर्ने उद्देश्यले ५५ वटाभन्दा माथि भेडा–बाख्रा पाल्ने कृषकहरुलाई ‘ गोठालो भत्ता’ दिन थालिएको पशु सेवा शाखाका प्रमुख

बिरेन्दबहादुर वमले जानकारी दिए । गाउँपालिकाले ५५ देखि ९९ वटासम्म भेडा–बाख्रा भएकालाई मासिक एक हजार, एक सयसम्म भएकालाई दुई हजार र त्यो भन्दा

माथि भएकाहरुलाई थप भत्ताको व्यवस्था गरेको छ । ‘भेडा पाल्ने व्यवसायिक कृषकहरुलाई प्रोत्साहन गर्न, उनीहरुको आम्दानीमा वृद्धि गर्न र पालिकलाई मासुमा आत्मनिर्भर बनाउन गोठालो भत्ताको व्यवस्था गरिएको हो,’ प्रमुख वमले भने, ‘चालू

आर्थिक वर्षदेखि नियमित भत्ता दिन थालेका छौं ।’ गर्त वर्ष सात लाख वजेट भत्तामा मात्रै खर्च भएको थियो भने अहिले कति खर्च हुन्छ भन्ने यकिन भएको छैन ।

गाउँपालिकाभर अहिले भेडा–बाख्रा पाल्नेको संख्या ५७ छ । ६० भन्दामाथि भेडा–बाख्रा पाल्ने कृषकको संख्या ५२ छ भने एक सय माथि पाल्नेको संख्या सात जना छ । गत वर्ष ५१ जनाले भत्ता पाएका थिए । सरकारले भत्ता दिन थालेपछि थप भेडा–

बाख्रा पाल्ने प्रेरणा मिलेको गाउँपालिका–२ खरकोटका भेडा गोठाला गोविन्द बहादुर कठायतले बताए । उनले भने, ‘७० भेडा पालेको छु गाउँपालिकाले महिनाको एक हजार गोठालो भत्ता दिइरहेको छ ।

गोठालालाई मासिक भत्ता

सरसफाइका लागि ‘साझा अभियान’

गोठालालाई मासिक भत्ता

प्रेस युनियनको प्रदेश भेला

Leave a comment

Your email address will not be published. Required fields are marked *