लिफ्ट खानेपानीको महशुल नतिर्दा लाइन काटियो

दुर्गा विसी
सल्लीबजार, १६ फाल्गुन ।
सल्यान पश्चिम क्षेत्रमा धमाधम लिफ्ट खानेपानी शिलान्यास हुदै गर्दा भेरी किनारको बस्ती घाटगाउँमा विद्युतिय महशुल तिर्न नसकेपछि लाइन काटिएको छ । आयोजना वने पश्चिम अहिलेसम्म विद्युतको महशुल स्थानीयले नतिरेपछि बाध्य भएर लाइन काटिएको विद्युत प्राधिकरण नो लाइट शाखा सल्लिवजारका प्रमुख लोकेन्द्रमान शाक्यले जानकारी दिनुभएको छ ।

धेरै पटक सुचना जारी समेत गरियो तर उक्त खानेपानीको महशुल ४ लाख नाघ्न सुरु भएपछि बाध्यतावस हाल लाइन काटेको शाक्यको भनाई छ । स्वर्गीय समाजसेवी चित्रवहादुर वुढाको अगुवाइमा युनिसेफको र प्राविधिक कार्यालय सल्यानको आर्थिक सहयोगमा चौर, वुरेलि, घाटागाउँ, पुल वजार लगायतका क्षेत्रमा लिफ्ट खानेपानी सञ्चालन रहेको थियोे ।

३ वर्ष अघि जनश्रमदान सहित ४० लाख लागतमा भेरी नदीबाट लिफ्ट गरी सुख्खा भुभागमा सिँचाइ र खानेपानी सुविधाको लागि सो आयोजना सम्पन्न भएको थियोे । तर विडम्बनापूर्ण व्यवस्थापकिय कमजोरीका कारण लिफ्ट पानीको विद्युत महशुल बक्यौता रहेको स्थानीय थुमवहादुर विसिको भनाई छ ।

विद्युत बक्यौता जतिसक्दो चाँडै फरफारक गरी पानी सुचारू गर्ने तर्फ पहल भैरहेको विसीको भनाई छ । पानी बन्द भएपछि हाल उक्त क्षेत्रका स्थानीय भेरी नदीको पानी खाने गरिरहेका छन् । राम्रोसँग लिफ्ट खानेपानीको व्यवस्थापन गर्न नसक्दा विद्युतले लाइन काटेको छ । दिनदिनै महशुल थपिन थालेपछि लाइन काटिएको जनाएको छ । अहिलेसम्म उक्त बस्तिबाट लिफ्ट खानेपानीको १० हजार महशुल बाहेक अन्य महशुल नउठेको जनाएको छ ।

लिफ्ट खानेपानीको महशुल नतिर्दा लाइन काटियो

प्रचण्डले खोले आफ्नै पोल,, कांग्रेस, जसपा र

लिफ्ट खानेपानीको महशुल नतिर्दा लाइन काटियो

पानीका मुहान संरक्षण गर्ने विषयमा छलफल

Leave a comment

Your email address will not be published. Required fields are marked *