प्रचण्डले खोले आफ्नै पोल,, कांग्रेस, जसपा र हामी मिल्दा भारतका लागि सबैभन्दा राम्रो हुन्छ
युग संवाददाता
February 27, 2021 / २०७७ फाल्गुन १५ गते
0
१५ फगुन,
नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र आफूहरु मिल्दा भारतलाई कम्फर्टेबल हुने बताउनुभयो छ। शुक्रबार राति एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले तीन दल मिल्दा भारतका लागि सबैभन्दा राम्रो हुने
बताउनुभएको हो । “नेपाली कांग्रेस, हामी र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल हो” उहाँले भन्नुभयो , “हामी मिल्नु भनेको भारतका लागि कम्फर्टेबल हो भने चीनका लागि पनि उत्तिकै कम्फर्टेबल हुन आउँछ।”अध्यक्ष दाहालले भारतसँग सम्बन्ध नसुधारी नेपालमा राजनीतिक स्थायित्व नै नहुने तर्क गर्नुभयो ।सबै कारणले भारतसँग राम्रो
सम्बन्ध र समझदारी नबनाई नेपालमा स्थायित्व र विकास त हुँदैनु उहाँले भन्नुभयो , यति राम्रो सम्भावना अहिले छ, यो राम्रो सम्भावना अघि जानुपर्यो भनेर मैले भनेको छु। दाहालले कार्यक्रममा कांग्रेस सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लाग्नै नसक्ने ठोकुवा पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले
संसदमा नै सामना गर्ने बताइसकेकाले आफूहरुले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव गरेर उहालाई हटाएर विदा गर्ने दाबी प्रचण्डले गरे ।