संसद् विघटन : रिटकर्ताको बहस सकियो, सोमबारदेखि सरकारी वकिलले बहस गर्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन्। रिटमा चार दिनको अवधिमा १५ घण्टा समय लिँदै ३६ जना वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले बहस गरेका छन्।

गत बुधबारबाट सुरु भएको रिट निवेदकको बहस आइतबार सकिएको भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उनीहरूले प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएकाले पुर्नःस्थापना हुनुपर्ने र देउवालाई प्रधानमन्त्री नियुक्ति गरि शपथ लिने व्यवस्था गर्न परमादेशको आदेश जारी हुनुपर्ने माग गरेका छन्।

प्रधान न्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बुधबार अधिवक्ताहरू खम्बबहादुर खाती, गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता महादेव यादव, शम्भु थापा, बद्रीबहादुर कार्कीले वहस गरे।

बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशसिंह यादव, हरि उप्रेती, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, बोर्णबहादुर कार्की, गान्धी पण्डित, खग्रेन्द्र अधिकारीले बहस गरे।

शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ताहरू दिनमणि पोखरेल, सुनिल पोखरेल, टिकाराम भट्टराई, मुक्ति प्रधान, गोपालकृष्ण घिमिरेले बहस गरे। आइतबार वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सविता बराल भण्डारी, बाबुराजा जोशी, अधिवक्ताहरू पदम रोक्का, भीमार्जुन आचार्य, बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, उमेश गौतम, यदुनाथ खनाल, चन्द्रकान्त ज्ञवाली, शंकर सुवेदी, सिताराम अधिकारी, एकराज पोखरेल, योगेन्द्र अधिकारी, ललित बस्नेतले बहस गरे।

इजलासले ९ गतेदेखि अन्तिम सुनुवाइ सुरु गरेको थियो। सोमबारबाट सरकारी वकिलले बहस गर्ने सर्वोच्च अदालतले जानकारी दिएको छ।

१९२० संक्रमित थपिँदा ३ हजार बढी संक्रमणमुक्त,

संसद् विघटन : रिटकर्ताको बहस सकियो, सोमबारदेखि सरकारी वकिलले बहस गर्ने

लालमणी पौडेलको अध्यक्षयतामा भेरीगंगाको नगर कमिटी गठन

Leave a comment

Your email address will not be published. Required fields are marked *