१९२० संक्रमित थपिँदा ३ हजार बढी संक्रमणमुक्त, थप ३४ जनाको मृत्यु

काठमाडौं । देशभर २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ६ हजार जनामा गरिएको पिसिआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ५ सय ६७ संक्रमित थपिएका हुन्। काठमाडाैं उपत्यकामा ४ सय २४ जना संक्रमित थपिएका छन्।

जसमा काठमाडौं जिल्लामा २ सय ९२, ललितपुरमा १ सय जना र भक्तपुरमा ३२ जना छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ जना रहेका मन्त्रालयले जनाएको छ। संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३ सय ३४ जना संक्रमणमुक्त भएका छन्।

१९२० संक्रमित थपिँदा ३ हजार बढी संक्रमणमुक्त, थप ३४ जनाको मृत्यु

कर्णालीमा प्रदेश सभा बैठक फेरि अवरुद्ध

१९२० संक्रमित थपिँदा ३ हजार बढी संक्रमणमुक्त, थप ३४ जनाको मृत्यु

संसद् विघटन : रिटकर्ताको बहस सकियो, सोमबारदेखि

Leave a comment

Your email address will not be published. Required fields are marked *