सहकर्मीलाई चुम्बन गरेर गरेर चर्चामा आएका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

एजेन्सी । सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।

ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन् । केही दिनअघि तीन जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको तस्बिर द सन पत्रिकाले शुक्रबार छापेको थियो ।

मन्त्रीले नै कोरोनाको महामारीमा सामाजिक दूरी तोडेपछि चौतर्फी विरोध भएको थियो । ४२ वर्षीय ह्यानककले ट्विटरमा भिडियो पोस्ट गर्दै नियमहरू जसले बनाए पनि ती कानुन कडाइका साथ पालना गर्नुपर्ने भएकोले आफूले राजीनामा दिएको बताएका छन् ।

स्वास्थ्यमन्त्रीका रूपमा तीन वर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा नियम तोडेकोमा बारम्बार माफी मागेका छन् ।

सहकर्मीलाई चुम्बन गरेर गरेर चर्चामा आएका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार घट्यो

सहकर्मीलाई चुम्बन गरेर गरेर चर्चामा आएका बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

दैलेखमा किसानको मकैबालीमा फौजी कीराको प्रकोप

Leave a comment

Your email address will not be published. Required fields are marked *