सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार घट्यो

काठमाडौं । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार २७.१७ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २८७०.१८ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेर ५२९.४१ को विन्दुमा पुगेको छ। कारोबार रकम भने ७ अर्ब १६ करोड रुपैयाँमा सिमित भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा कम्पनीमध्ये ७ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ।

यो दिन जलविद्युत समूह सर्वाधिक २.६७ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह २.०१ प्रतिशतले बढेको आज लगानी समूहमा ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.४८ प्रतिशत, लघुवित्त समूहमा ०.१० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४९ प्रतिशत, अन्य समूहमा ०.२५ प्रतिशत र व्यापार समूहमा १.२७ प्रतिशतले बढेको छ।

आइतबार वित्त समूहमा सर्वाधिक १.७६ प्रतिशत गिरावट आएको छ। विकास बैंक समूह १.३६ प्रतिशतले घटेको आज होटेल तथा पर्यटन समूह १.१९ प्रतिशत, जीवन बीमा समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.२४ प्रतिशतले ओरालो लागेका छन्।

धेरै कारोबार गर्ने कम्पनीहरु

आइतबार नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका दुई करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँमा किनबेच भएका छन्।

नेसनल हाइड्रोपावरको सर्वाधिक ४० करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। सेञ्चुरी कमर्सियल बैंकको ३७ करोड ८३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १८ लाख रुपैयाँ, एचआईडीसीएलको २५ करोड ८८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २२ करोड ८० लाख रुपैयाँ, सिभिल बैंकको २० करोड ८१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १९ करोड ४० लाख रुपैयाँ, राधी विद्युत कम्पनीको १६ करोड ६२ लाख रुपैयाँ, निफ्राको १५ करोड ६५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १२ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सेञ्चुरी कमर्सियल बैंक र अप्पर तामाकोशीका सेयरधनीहरु मालामाल भएका छन्। यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।

युनाइटेड इदी मर्दीको सेयरभाउ पनि सात प्रतिशत बढीले उकालो लागेको छ। आज गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।

सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार घट्यो

युरो कप : पोर्चुगल र बेल्जियम भिड्दा,

सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार घट्यो

सहकर्मीलाई चुम्बन गरेर गरेर चर्चामा आएका बेलायती

Leave a comment

Your email address will not be published. Required fields are marked *