दैलेखमा किसानको मकैबालीमा फौजी कीराको प्रकोप

दैलेख । बारीमा लगाइएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि दैलेखका किसान मारमा परेका छन् । दैलेखमा गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि किसान दोहोरो मारमा परेका हुन् । कोभिड संक्रमितले आक्रान्त भएका बेला किसानको बालीमा फौजी कीराको प्रकोप पुगेको हो ।

दैलेखको ठाटीकाँध गाउँपालिकासहित ११ वटै स्थानीय तहका कतिपय किसान अहिले कोरोनाको चपेटमा परेका छन । कतिपय संङ्क्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन ।

यही बेलामा किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो । मकै उमे्रर दोस्रोपटक गोड्मेल गर्नेबेलामा फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको ठाटीकाँध गाउँपालिका २ का कृषक दीर्घ थापाले बताए ।

ठाटीकाँध २ मा करिब ४ सय रोपनी क्षेत्रफलमा फौजी किराले मकैबाली नष्ट गर्न थालेपछि आफुहरु दोहोरो मारमा परेको अर्का किसान शेर थापा बताउँछन् । ‘खेती लगाएका किसान कोरोनाले विस्तरामा थलिएका छन, बारीमा मकै किराले खाएर थलिएको छ, यस वर्ष खाद्यान्नको पनि सङ्कट हुनेभयो’, कृषक थापाले भने ।

तर कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक प्रसाद पाण्डेले यस विषयमा आफुलाई त्यति जानकारी नआएको बताए । ‘फौजि कीरा भन्ने सुन्नमा आएपनि किसानहरुबाट त्यस्तो गुनासो आएको छैन’ उनले भने, ‘यदि त्यस्तो समस्या छ भने पालिकाका कृषि शाखाका कर्मचारीलाई यो विषयमा बुझ्न लगाउछु ।’

दैलेखमा किसानको मकैबालीमा फौजी कीराको प्रकोप

सहकर्मीलाई चुम्बन गरेर गरेर चर्चामा आएका बेलायती

दैलेखमा किसानको मकैबालीमा फौजी कीराको प्रकोप

कर्णाली करिडोरमा पहिरो जाँदा सडक अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *