एकीकृत अभियान आवश्यक

कुमार ढकाल । संयुक्त राष्ट्र संघको महासभाले सन् १९८७ डिसेम्बरमा प्रत्येक बर्षको २६ जून लाई “ लागु औषधविरुद्धको दिवस” मनाउने घोषणा गरेको थियो ।
यसको बहुपक्षीय असरलाई दृष्टिगत गरेर यो दिवसलाई “अवैध लागुऔषध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस” अर्थात ”International Day against Drug Abuse and Illicit Traffickingæ“ नामाकरण गरिएको छ ।
दिवसको औचित्य
संयुक्त राष्ट्र संघीय संस्था UNODC (यूएनओडिसी) ले प्रत्येक बर्ष आजको दिनलाई एउटा सन्देशमूलक नारा Theme छनोट गरेर विश्वव्यापी रुपमा सरकारी गैरसरकारी निकायहरुलाई आव्हान तथा परिचालन गररिहेको छ । यसको मुल उद्देश्य पनि सबै देशमा लागु औषधविरुद्धको सचेतना उजागर होस भन्ने पाईन्छ ।
यो वर्ष २०२१ को २६ जूनलाई “Share facts on drugs , Save Lives” लागुऔषधका यथार्थ बाँढौ ! जीवन बचाऔँ !“ भन्ने बुझिन्छ । प्रत्येक दिवसको मुख्य उद्देश्यले नै त्यसको सार्थकतालाई औँल्याएको हुन्छ ।
यो पटकको सन्देशले लागुऔषधको दुव्र्यसनमा फसेका व्यक्तिहरुले तथा यसका जानकारहरुले लागुऔषधको भयावह असरबारेमा सत्यतथ्य अरुलाई साझा गरेर सचेत गराउँदै जीवन बचाउने भन्ने बुझ्न सकिन्छ ।
कानुन विपरित कार्य
मानिस लागुऔषधको सेवन र कारोवारमा लाग्नु गैरकानुनी क्रियाकलाप हो । यो थाहा हुँदाहुँदै पनि सेवनकर्ताले आफ्नो चाहना वा बासनालाई तृप्त पार्न र कारोबारीले आफ्नो आर्थिक लाभको अभिष्ट पुरा गर्न ठाँउ अनुसार सानो ठुलो परिमाणमा आफ्नो धन्दा चलाएको हुन्छ ।
यस्ता दुबै थरिलाईसचेत गराएर यसबाट जोगाउनु पनि यो दिवसले आव्हान गर्दछ ।
सामाजिक अपराध
लागुऔषको सेवनले व्यक्तिको सर्वत्र विनाश भएको हुन्छ । यसको कुलतमा फसेको मानिसले विभिन्न आपराधिक क्रियाकलाप गरेको पाईन्छ । समाजलाई शान्तमय वातावरणमा अघि बढाउन त्यहाँको समुदाय वा परिवारिक वातावरण पनि राम्रो हुनुपर्दछ । तर यो लागुऔषधको कुलतमा फस्यो भने त्यहाँ अस्तव्यस्त बनाउँछ । त्यो पनि असामाजिक गतिविधि हो साथै एक प्रकारको अपराध हो ।
परिणाम अस्तव्यस्त
लागुऔषधको दुव्र्यसनमा फसेको दुव्र्यसनी को प्रमुख रुपमा शारीरिक, मानसिक र आध्यात्मिक अस्तव्यस्तता गराउँछ । त्यसकारण एउटा व्यक्तिको स्वस्थता र स्वच्छतालाई जोगाउन पनि यस्तो लागुऔषध कुलतको दुस्परिणामबाट जोगाउन पनि यो दिवसले आव्हान गर्दछ ।
दिवसको सार्थकता
यसलाई केवल औपचारिकतामा मात्रै मनाउने वा कर्मकाण्डी रुपमा लिनु हुँदैन । हाम्रो समाज र परिवारमा भएको वा हुन सक्ने लागुऔषधको दुव्र्यसनको दुष्परिणामबाट समाज र राष्ट्रलाई सुरक्षित राख्न यो आव्हानसहित दिवसलाई सबैले साकार पार्न आवश्यक छ ।
नेपाली समुदायमा पनि लागुऔषध दुव्र्यसनको पिडादायी यथार्थता कसैसामु लुकेको छैन । यो तितो सत्यतालाई स्विकार गदै जिल्लास्थित सरोकारवाला निकायहरु जस्तै प्रहरी प्रशासन, शैक्षिक र स्वास्थ्य निकाय तथा पुनस्र्थापना केन्द्र (सुधार केन्द्रहरु), सामाजिक अभियन्ताहरु, सम्बन्धित वडापालिका साथै टोल विकास समितीका आमा समुहहरु समेतको साझा प्रयासबाट लागु औषध लगायत मादक पदार्थ दुव्र्यसन बाट समाजलाई बचाउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।






