‘दुर्गममा सेवा गर्न पाउँदा आनन्द मिल्छ’

सुर्खेतको पञ्चपुरी नगरपालिकाका कार्यकारी प्रमुख हुन् रोमाकान्त पाण्डे । निजामति क्षेत्रमा २६ बर्ष सेवा गरिसकेका उनी गएको बैशाख ३० गतेमात्रै पञ्चपुरीमा आएका हुन् । साथीभाईको संगतका कारण २०५२ सालमा उनले निजामति क्षेत्रमा प्रवशे गरे । क्याम्पसका साथीहरुले उनलाई निजामति क्षेत्रमा आउन प्रेरित गरे । क्याम्पस पढ्दा उनका केही साथीहरु निजामति क्षेत्रमा लागिसकेका थिए । अधिकांश साथीहरुको लक्ष्य निजामति क्षेत्रमा लाग्ने थियो । औपचारिक पढाइ पुरा भएपछि स्थायीत्व र राष्ट्रको सेवा गर्ने उद्देश्यले उनी निजामति क्षेत्रमा प्रवेश गरे । प्रस्तुत छ, उनै पाण्डेको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

रोमाकान्त पाण्डे
प्रमुख प्रशासकीय अधिकृत, पञ्चपुरी नगरपालिका, सुर्खेत

बाल्यकालमै संघर्ष

रोमाकान्त गुल्मीको सत्यवती गाउँपालिका–१ अस्लेवामा जन्मिए । तत्कालीन समयमा त्यो गाउँ दुर्गम क्षेत्र मानिन्थ्यो । मोटरबाटो र आधारभूत सेवा पुगेकै थिएनन् । त्यही ठाउँमा २०२२ बैशाख २५ गते बुवा मोतिलाल र आमा ननकलाको कोखबाट पाँचौ सन्तानका रुपमा उनको जन्म भयो ।

बाल्यकाल गाउँम वित्यो । घाँसदाउरा, मेलापात गर्दै हुर्किए । ‘६० मुरी धान फल्ने खेतहरु थिए, ६०÷७० वटा गाइगोरु भैसीहरु पालेका थियौँ’ बाल्यकाल सम्झदै रोमाकान्त भन्छन्, ‘मेलापात गर्दागर्दै जीन्दगीमा संघर्ष गर्न सिकेँ ।’ किसान परिवारमा जन्मिएका कारण आर्थिक अवस्था सबल थिएन ।

‘बुवाले भारतमा मजदुरी गरेर घरखर्च टार्नुहुन्थ्यो’ उनी भन्छन्, ‘बुवाकै कमाइबाट घर खर्च चलाउँथ्यौँ ।’ १२ बर्षसम्म लगातार भारतको कोलकोत्तामा बुवाले गरेको संघर्ष उनले भुलेका छैनन् । परिवार पाल्न बुवाले गरेको संघर्ष र आमाले मेलापात गर्दा भोगेका पीडाहरुले रोमाकान्तलाई संघर्ष सिकायो ।

२०३० सालतिर भएको खेतबारी बाढीले बगायो । त्यसपछि थप दुःखहरु थपिए । पेट भर्न नसक्ने अवस्था भएपछि २०३१ सालमा गाउँ छोड्नु प¥यो । २०३१ सालमा स–परिवार रुपन्देहीको बुटवल बसाई सरे । अन्ततः यही बास्तविक भोगाइले रोमाकान्तलाई संघर्ष सिकायो । दुःख र पीडाको वास्तविक अनुभूति गरायो ।

स्कुल टाढा हुँदा पढाइ रोकियो

गुल्मीमा अहिले धेरै अभाव छैन । शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यकताको सहज पहुँच छ । सदरमुकामदेखि गाउँसम्म मोटरबाटो पुगेको छ । तर गुल्मीको विगत यस्तो थिएन । रोमाकान्त हुर्किएको ठाउँ अस्लेवा कुनै समय निकै दुर्गम मानिन्थ्यो । गाउँको स्कुलमा कक्षा २ सम्म मात्रै पढाइ हुन्थ्यो ।

कक्षा ३ भन्दामाथि पढ्नका लागि निकै संघर्ष गर्नुपथ्र्याे । ऊबेला पढाइको महत्व सबैले बुझेका थिएनन् । बुझेकाले पनि गाउँमा स्कुल नहुँदा पढ्न पाउँथेनन् । ‘न गाउँमा स्कुल थियो, न पढाइको महत्व बुझेका थियौँ’ उनी भन्छन्, ‘१÷२ कक्षा पढेपछि स्कुल छोड्नुपर्ने बाध्यता थियो ।’

कक्षा २ भन्दामाथि पढाइ नभएकै कारण अधिकांशले पढाइ छोेड्नुपर्ने बाध्यता थियो । त्यो बाध्यता उनको जीवनमा पनि प¥यो । गाउँकै ताँगा प्राथमिक विद्यालयबाट कक्षा २ सम्म अध्ययनपछि उनले पनि पढाइ छोड्नु प¥यो । ‘कक्षा ३ देखि माथि पढाइ हुने स्कुल गाउँभन्दा धेरै टाढा थियो’ उनी भन्छन्, ‘घरबाट स्कुल भेटाउन नसक्ने भएपछि पढाइ छोडिदिएँ ।’

वुटवल झरेपछि पढाइ सुरु

स्कुलको पढाइ छोडेपनि रामायण, बेद र गीता जस्ता धार्मिक कितावहरु पढ्न छोडेनन् । २०३२ सालमा बसाईसराई गरेर बुटवल झरे । त्यसपछि पढाइलाई निरन्तरता दिने अवसर मिल्यो । कक्षा ३ नपढेर एकै पटक मोतिपुर निम्न माध्यमिक विद्यालयमा ४ कक्षामा भर्ना भए ।

कक्षा ७ सम्मको पढाइ मोतिपुरबाटै पुरा गरे । बुटवलकै नवरत्न माध्यमिक विद्यालयबाट कक्षा ८ देखि १० सम्म पढे । बुटवलमा पनि ऊबेला कक्षा ८ देखि माथिल्लो तहमा पढ्ने विद्यार्थी कमै हुन्थे ।

नवरत्नमा पढ्न १० निमाविबाट विद्यार्थीहरु आउँथे । तर एसएलसी पुरा गर्ने व्यक्तिहरु थोरै हुन्थे । कक्षा ८ मा भर्ना भएका एकसय ३५ जना विद्यार्थीमध्ये आठ जनाले मात्रै एसएलसी पुरा गरेको उनी सुनाउँछन् ।

२०३९ सालमा एसएलसी पुरा गरेका उनले बाणिज्य क्याम्पस बुटवलबाट इन्टर हुँदै स्नातकोत्तर तह पुरा गरे । पाल्पा बहुमुखी क्याम्पसबाट स्नातकोत्तर र जनप्रशासन क्याम्पस काठमाडौँबाटसमेत एमपीएमा स्नातकोत्तर गरेका छन् ।

उनी सानैदेखि पढाइमा अब्बल थिए । विद्यालयमा हुने हाँजिरी जवाफ, वक्तित्वकला, बावविवाद जस्ता अतिरिक्त कृयाकलाप छुटाउँथेनन् । ‘हाजिरी जवाफ र वक्तित्वकलामा हाम्रो टिम सधै प्रथम हुन्थ्यो’ उनी भन्छन्, ‘सकेसम्म विद्यालयमा हुने कुनै पनि अतिरिक्त कृयाकलाप छुटाउँथेनन् ।’

साथीको संगतले निजामतिमा प्रवेश

आजभन्दा २५ बर्षअघि रोजागारीका प्रशस्त अवसरहरु थिएनन् । सिमिति व्यक्ति मात्रै सेना–पुलिसको जागिर खान्थे । विदेश जाने चलन नै थिएन । अहिलेको जस्तो व्यापार व्यवसाय गर्ने चलन थिएन । युवाहरुको रोजगारीको एकमात्र गन्तव्य भारत नै थियो ।

पढेलेखेका अधिकांश शिक्षक र सिमित व्यत्तिमात्रै निजामति क्षेत्रमा आउँथे । ऊबेला लोकसेवा आयोगले बैगार मुखिया, खरिदार र नासु पदमा कर्मचारी माग्थ्यो । आयोगको क्षेत्रीय कार्यालय बुटवलमै थियो । रोमाकान्त क्याम्पस पढ्दै गर्दा केही साथीहरु निजामति क्षेत्रमा लागिसकेका थिए ।

अधिकांशको इच्छा लोकसेवा पास गरेर जागिर खानु थियो । यही साथीभाईको संगतले उनी पनि निजामति क्षेत्रमा होमिए । ‘साथीभाइकै संगतका कारण निजामति क्षेत्रमा आएको हुँ’ उनी भन्छन्, ‘स्थायी रोजगारी र राष्ट्रको सेवा गर्ने उद्देश्यले यो क्षेत्र रोजे ।’ पढाइ पुरा भएपछि मात्रै जागिर खानुपर्छ भन्ने मान्यताकै कारण उनले स्नातकोत्तर पुरा पुरा गरेपछि मात्रै निजामति क्षेत्रमा होमिए ।

२०५३ साउन ७ गते सुदुरपश्चिमबाट लोकसेवा पास गरे । जिल्ला शिक्षा कार्यालय डोटी पहिलो कर्मथलो बन्यो । नौ महिनापछि नायव सुब्बामा सफल भए । त्यसपछि बाणिज्य कार्यालय धनगडीलाई कर्मथलो बनाए । २०६६ सालमा शाखा अधिकृत र २०७६ उपसचिव भएकाले उनले हालसम्म डोटी, कैलालीको, रुपन्देही, हुम्लाको अदानचुली गाउँपालिका, मुगुको छायाँनाय रारा नगरपालिका, काठमाडौँ लगायतका विभिन्न क्षेत्रमा पुगेर सेवा गरिसकेका छन् । गएको बैशाख बैशाख ३० गतेदेखि पञ्चपुरी नगरपालिकाको कार्यकारी प्रमुख नेतृत्व सम्हालेका छन् ।

दुर्गममा सेवा गर्दा आनन्द

रोमाकान्तको बाल्यकाल गुल्मीको दुर्गम क्षेत्रमा वित्यो । गाउँघरका दुःख पीडाहरु भुलेका छैनन् । दुर्गमका नागरिकको सेवा गर्न पाउँदा आनन्द महसुश गर्छन् । यही कारण हुम्लाको अदानचुली गाउँपालिका र मुगुको छायाँनाथ नगरपालिकामा पुगेर सेवा गरेको गरेका छन् ।

‘दुर्गममा अहिले पनि नागरिकमैत्री सेवा पुगेको छैन, गाउँ–गाउँमा सिंहदरबार भनेपछि हप्तादिन लगाएर सेवा लिनुपर्छ’ उनी भन्छन्, ‘दुर्गमका नागरिकलाई छिट्टै सेवा दिन पाउँदा निकै खुशी लाग्छ ।’ तर दुर्गमका केही जनप्रतिनिधिहरु नागरिकमैत्री नभएको देख्दा उनलाई निकै दुःख लाग्छ ।

‘दुर्गममा सेवा गर्न पाउँदा आनन्द मिल्छ’

कार्टुन

‘दुर्गममा सेवा गर्न पाउँदा आनन्द मिल्छ’

एकीकृत अभियान आवश्यक

Leave a comment

Your email address will not be published. Required fields are marked *