‘सम्झिनी पानी छम्किनी’ गीतको बोलबाट फिल्म बन्ने !

काठमाडौं । गीत हिट भएपछि त्यसको सिरिज बनाउने क्रम सांगीतिक क्षेत्रमा बढेको छ । कतिपय हिट गीतको नामबाट फिल्म पनि बनेका छन् ।
यस्तैमा गायक तथा मोडल सम्राट चौलागाईंले पनि आफ्नो हिट गीत ‘सम्झिनी पानी छम्किनी’ को नाममा फिल्म बनाउने भएका छन् । करिब एक महिना अगाडि सार्वजनिक भएको यो गीतको तीज भर्सनलाई दर्शकले मन पराएपछि उनको यो नामबाट फिल्म बनाउने सोच आएको हो ।
फिल्म विक्रम स्वाँरले निर्देशन गर्ने भएका छन् । ‘सम्झिनी पानी छम्किने अहिले सबैको मुखमा झुन्डिन सफल भएको छ’ गायक चौंलागाईले भने ‘सबैले रुचाएको यो शब्दबाटै फिल्म बनाउँदा राम्रो हुन्छ भनेर तयारी थालेको हो ।’ फिल्मका लागि लेखन कार्य भइरहेको चौंलागाइले सुनाए ।
कमेडी जनरामा निर्माण हुने फिल्ममा मल्टिस्टार कलाकार लिने उनको सोच छ । सरकारबाट छायाँकन अनुमति पाएपछि चलचित्रको काम फ्लोरमा लागे उनले तयारी गरिरहेका छन् ।






