‘काँडेतार’मा भित्रिए गौरव

काठमाडौं । नवल खड्को निर्देशन रहने फिल्म ‘काँतार’मा अभिनेता गौरव पहारी भित्रिएका छन् । निर्माता समेत रहेका खड्काले मंगलबार फिल्मको मुख्य भूमिकाको लागि पहारीलाई अनुबन्धित गरेका हुन् ।

निर्देशक खड्काको समेत मुख्य अभिनय रहने फिल्ममा रविन्द्र रञ्जन झा समेत रहनेछन् । केही अगाडि निर्माण घोषणा भएको फिल्म निर्देशनमा नवललाई शंकर कार्कीले सगाउनेछन् ।

नेपाल र भारतको सीमालाई व्यवस्थापन गर्नुपर्ने कथावस्तुमा निर्माण हुन लागेको फिल्म राष्ट्रभक्तिले ओतप्रोत हुने निर्देशक नवलले बताए ।

‘दुई मुलुकबीचको खुला सीमाको समस्या र समाधाको बिषय फिल्मले गहिरिएर देखाउने छ’ निर्देशक नवलले भने ‘फिल्मले दुबै देशलाई समस्या समाधानको बाटो समेत दिनेछ ।’ फिल्म कुनै देश बिरुद्ध नभएको जनाएका खड्काले भारतमा पनि फिल्म रिलिज हुने बताए ।

यसअघि राष्ट्रियताको बिषयमा दशगजा, भिमदत्त लगायत फिल्म बनाएका खड्काले डेढ करोड लागतमा फिल्म निर्माण गर्न लागेका हुन् । फिल्म छायाँकनका लागि अन्तिम तयारीमा जुटेका उनको सरकारले छायांकन अनुमति दिने बितिकै फ्लोरमा निस्कने तयारी रहेको छ ।

सामना फिल्मस् प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

‘काँडेतार’मा भित्रिए गौरव

बढीमा ५ वर्ष हो म राजनीतिमा रहने

‘काँडेतार’मा भित्रिए गौरव

बलिउडका यी सेलिब्रेटीका नाममा गिनीज वल्र्ड बुक

Leave a comment

Your email address will not be published. Required fields are marked *